Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदी प्रदुषण : अब फोहोर पानी फाल्ने उद्योगलाई कारबाही

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २४,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२४ पुष । सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि गठित समितिले प्रदुषित पानी नदीमा मिसाउने उद्योगलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । समितिको आइतबार जितपुर सिमरा उपमहानगरपालिकाको सभाकक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिले तीन साता लगातार नदी क्षेत्रमा रहेका उद्योगको अनुगमन गरेको र अहिलेसम्म अनुगमन गरिएका ९ वटा उद्योगमध्ये ट्रिटमेन्ट प्लान्ट निर्माण नगरी प्रदुषित पानी सोझै नदीमा मिसाउने ३ उद्योगलाई पहिलो पटक कारबाही स्वरुप स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

कतिपयले ट्रिटमेन्ट प्लान्ट भएर पनि संचालन नगरेको भेटिएको र तीनलाई पनि कारबाहीको दायरामा ल्याइने समितिले निर्णय गरेको छ ।

अनुगमनका क्रममा मरियम लेदर, मारुती पेपर र दुर्गा पल्प एण्ड पेपरले प्रदुषित फोहोर पानी नदीमा फाल्ने गरेको भेटिएकाले तीनै वटा उद्योगलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले निर्वाचनका बेला जनतासमक्ष गरेको बाचा बमोजिम नदी प्रदुषण नियन्त्रणका लागि समिति नै बनाएका हुन् ।

महानगरका उपप्रमुख इम्तियाज आलम संयोजक रहने गरी बनाइएको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिमा जितपुर सिमरा उपमहानगरपालिका, यहाँका उद्योगी व्यवसायी, स्थानीय प्रशासन र सुरक्षा संयन्त्रलाई समेटिएको छ ।

‘सिर्सिया प्रदुषण नियन्त्रण एउटाको प्रयासले मात्रै संभव हुँदैन,’ मेयर सिंहले भने, ‘त्यसैले सबैलाई समेटेर बारा पर्सा हुँदै बग्ने सिर्सिया नदी प्रदुषण नियन्त्रणको महाअभियान अघि बढाइएको हो ।’

यस्तै बैठकले सिर्सिया नदीको आधार क्षेत्र (राइट अफ वे) छुट्याउन नापी कार्यालयको नेतृत्वमा तत्काल काम सुरु गर्ने निर्णय गरेको समितिका संयोजक रहेका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए ।

‘सिर्सिया नदी जितपुर सिमरा उपमहानगरपालिका हुँदै वीरगञ्ज महानगर भएर बग्ने भएकाले दुबैको समन्वयमा नदीको आधार क्षेत्र छुट्याउनुका साथै प्रदुषण नियन्त्रणको पहल हुनेछ,’ संयोजक आलम भन्छन्, ‘नदीको क्षेत्रमा पर्ने परवानीपुर गाउँपालिकालाई पनि अर्को बैठकदेखि साथमा लिएर हिँड्ने निर्णय गरेका छौँ ।’

सिर्सिया नदीमा उद्योगीहरुको मनपरीका कारण प्रदुषण भइरहेकाले यसलाई नियन्त्रणमा लिन कडाइका साथ समिति लाग्नु पर्ने बैठकले निर्णय गरेको छ ।

‘हामीले जसरी पनि सिर्सियालाई प्रदुषण मुक्त बनाउनु छ,’ वीरगञ्जका मेयर सिंहले भने, ‘त्यसका लागि उद्योगीहरु सच्चिन जरुरी छ, होइन भने अब कारबाहीको प्रकृया अघि बढाउनुको उपाय हुँदैन ।’

यस्तै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले प्रदुषण नियन्त्रणको सवालमा एक कार्यविधि बनाएर आवश्यक कानुनी प्रकृयामा अघि बढ्नु पर्नेमा जोड दिए ।

साथै सबैको सहयोगमा सिर्सिया प्रदुषण मुक्त हुने भएकाले अनुगमन, कारबाहीका साथै सचेतना अभियान पनि सँगसँगै चलाउनु पर्नेमा उनको जोड थियो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले भने उद्योगीहरुलाई ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि अझै केही समय दिन पर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्नु पर्ने बताए ।

बारा, पर्सा दुबैका स्थानीय तह, सुरक्षा संयन्त्र, उद्योगी व्यवसायी सम्मिलित टोलीले अहिले पहिलो पटक सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि पहल थालेको हो ।

आइतबारको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपमेयर भोला अधिकारी, नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, नारायणी सिंचाईका डिभिजन इन्जिनियर अकलाख सिद्धिकी, उद्योग वाणिज्य संघ वीरगञ्जका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, वीरगञ्ज महानगरका वन तथा वातावरण महाशाखा प्रमुख देवेन्द्र चौधरी, वातावरण निरीक्षक प्रदिप साह लगायतको सहभागिता रहेको थियो । गएको कात्तिक २३ गते गठन भएको समितिले हरेक साताको मंगलबार उद्योगहरुको अनुगमन गर्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ पुष २४,आईतवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ पुष २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद