Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरी द्वारा मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १२,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,१२ पुष । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । आज मगंलबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।

गएको शनिबार दिउँसो घण्टाघरबाट मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ परेका वीरगञ्ज २६ का रामप्रवेश पटेलको बयानका आधारमा अन्य ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पटेलले घण्टाघर नजिकै दुरसञ्चार कार्यलय अगाडी पार्किङ गरेको प्र.२–०३–००७ नम्बरको मोटरसाईकल मास्टर साँचोको प्रयोग गरेर चोरी गरेले भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लकाे टाेलीले त्यही दिन नियन्त्रणमा लिन सफल भएको थियो ।

उनै पटेलले दिएको बयानका आधारमा खोजतलास गर्दा विभिन्न मित र स्थानबाट चोरी गरेको ८ वटा मोटरसाईकलसहित अन्य ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा २० वर्षीय पटेलसहित सोही ठाउँका २६ वर्षीय अशोक पटेल, वीरगञ्ज २४ का २० वर्षीय आकाश तिवारी र भारत विहारको पूर्वी चम्पारण रतनपुरका १९ वर्षीय शिवम पाण्डे रहेको उनले बताए ।

उनीहरुको साथबाट ना ५२ प ५०२४, ना २७ प ७८४७, ना ११ प ११२१, ना ५३ प ७१०६, ना ३७ प ९८१८, ना ४६ प ८६२७ र म.प्र.०३–००८ प ७१८६ नम्बरको मोटरसाईकल फेला परेको प्रवक्ता गिरीले जानकारी दिए ।

पक्राउ परेका चारै जनालाई चोरी सम्बन्धि कसुरमा कारबाही अघि बढाइएको पनि उनले बताए । फेला परेका मोटरसाईकल अहिले जिल्ला प्रहरी कार्यालयमा रहेकाले यहाँ रहेका मोटरसाईकलको नम्बरका आधारमा हराएका सवारी धनीले जिल्ला प्रहरी कार्यालयमा आवश्यक कागजातसहित सम्पर्क राख्न पनि उनले आग्रह गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ पुष १२,मंगलवार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ पुष १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद