Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमै खुल्यो ८ करोडको लागतमा पार्क, मेयर सिंहले गरे उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १०,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१० पुष । साहसिक र रमाइलो अनुभव खोजी गर्नेहरुका लागि वीरगञ्जमै साहसिक पार्क संचालनमा आएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १४ बाइपासको बोलबम पेट्रोल पम्प नजिक संचालनमा ल्याइएको ‘वल्र्ड अण्डर’ पार्कमा रोमाञ्चक र साहसिक खेलले आनन्द लिन सकिने छ ।

वीरगञ्जमा दिन विताउनका लागि आवश्यक घुमफिर गर्ने स्थान अभाव रहेकोमा अब यो पार्क संचालनमा आए सँगै वीरगञ्ज घुम्न आउने तथा यहीका स्थानीयका लागि पनि दिन विताउन पार्क फलदायी रहने देखिएको छ । डेढ विघा जग्गामा ८ करोडको लगानीमा संचालनमा ल्याइएको पार्कमा विभिन्न प्रकारका साहसिक खेलका साथै आकर्षक सजिसजावट गरिएको छ ।

यहाँ जिपलाइन, स्काई साइकल, मल्टिपल रोप कोर्स, ¥यापेलिङ, र वाल क्लाइम्बिङ जस्ता साहसिक खेलको अनुभव लिन सकिने छ ।  वीरगञ्ज बाहिर गएर यस्ता खेलको अनुभव लिनुपर्ने बाध्यता पार्क संचालनमा आएसँगै हटेको पार्कका सञ्चालक सौरभ केडिया बताउँछन् ।

५ जना व्यवसायीको संयुक्त लगानीमा संचालनमा ल्याइएको यो पार्कमा साहसिक खेलका साथै रोमाञ्चक बहु खेल मैदान पनि रहेको छ । जसमा फुटसल, टेनिस, भलिबल र क्रिकेट खेलको अत्याधुनिक सुविधा पनि लिन सक्ने केडिया बताउँछन् ।

पार्क भित्र छिरिसकेपछि खाजा नास्ताका लागि यहाँ घुम्न आउनेहरु बाहिर निस्कनु नपर्ने गरी व्यवस्था मिलाइएको छ । आवश्यक खानेकुरा तथा पेय पदार्थ पार्कभित्रै स्टलमा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाइएको अर्का संचालक दीपक बेद बताउँछन् ।

पार्कको आइतबार विधिवत पुजा गरेर संचालनमा ल्याइएको छ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले विधिवत पुजा गरी पार्ककको उद्घाटन गरेका हुन् । उनले यस्ता पार्कले घुम्न आउनेका लागि समय व्यतित गर्ने ठाउँ मात्रै नभई रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउने विश्वास लिए ।

उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, उद्योगी अशोक वैद्य, सौरभ केडिया, आरोह मित्तल, हेमंत बेद, सनी अग्रवाल लगायतको उपस्थिति थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ पुष १०,आईतवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ पुष १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद