Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न अनुगमनमा कडाई गर्दै वीरगञ्ज महानगर, एकै दिन ९ जनासँग स्पष्टिकरण माग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २५,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२५ मंसिर ।
वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि अनुगमनलाई कडाई गरेको छ ।
संस्थागत विद्यालयको वर्गिकरण भर्खरै सकेको महानगरले आफू मातहतको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न अनुगमनलाई कडाई गर्न थालेको हो ।
महानगरको शिक्षा महाशाखाले सामुदायिक विद्यालयमा भइरहेको लापरवाही रोक्दै शैक्षिक गुणस्तर बृद्धि गर्न आइतबार मात्रै नगरको विभिन्न वडाका ५ वटा विद्यालयको अनुगमन गरेको छ ।
अनुगमनमा पुग्दा कुनै विद्यालयमा शिक्षक अनुपस्थित भएको, कुनैमा रजिष्टरमा देखाइएको भन्दा कम विद्यार्थी उपस्थित भएको र कुनै विद्यालयमा सरसफाईको कमी रहेको जस्ता समस्या फेला परेको महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।
वडा नम्वर १ छपकैयाँमा रहेको पण्डित रामदेव तिवारी आधारभुत विद्यालयबाट अनुगमनको सुरुवात गरेको टोलीले उक्त विद्यालयमा सरसफाईको कमी देखिएको भन्दै सरसफाईमा ध्यान दिन निर्देशन दिएको छ । आफैँ उपस्थित भएर सरसफाई गर्न लगाएको भन्दै कर्णले अबदेखि विद्यालयको कक्षाकोठा तथा विद्यालय हाता सफा राख्न र पठन पाठनमा विशेष ध्यान दिन भनेको बताए ।
वडा नम्वर २ को ताराचन किसनलाल आधारभुत विद्यालयमा अनुगमनका लागि पुग्दा ४ जना शिक्षक अनुपस्थित रहेकाले उनीहरुलाई स्पष्टिकरण माग गर्न प्रधानाध्यापकलाई निर्देशन दिएको पनि कर्णले जानकारी दिए ।
यस्तै वडा नम्वर १६ इनर्वाको बलराम आधारभुत विद्यालयमा भने रजिष्टरमा भएको हाजिरी र कक्षाकोठामा देखिएको विद्यार्थी संख्या मेल नखाएको भन्दै वास्तविक विद्यार्थी संख्या नदेखाएको भन्दै प्रधानाध्यापकलाई नै स्पष्टिकरण सोध्ने काम भएको पनि उनले बताए ।
सोही वडाको फुलबारी टोलमा रहेको सुक्रराज आधारभुत विद्यालय भने समय अगावै बन्द भएको पाइएको थियो । दिउँसो ४ बजेसम्म चल्नु पर्ने विद्यालय ३ बजे भन्दा अघि नै बन्द भएको पाइएकाले अनुगमन टोलीले विद्यालयका प्रधानाध्यापकलाई नै स्पष्टिकरण माग गरेको छ ।
यस्तै आजै वडा नम्वर १५ भेडियाहीको हरिहरसर्राफ चम्पादेवी आधारभुत विद्यालय पुगेको टोलीले त्यहाँ पनि शिक्षक अनुपस्थित रहेको भेट्टायो ।
२ जना शिक्षक अनुपस्थित रहेको र त्यस बारेमा प्रधानाध्यापकले पनि चित्तबुझ्दो जवाफ नदिएपछि शिक्षक सहित प्रधानाध्यापकलाई स्पष्टिकरण माग गरिएको छ ।
अनुगमनमा नभेटिएका शिक्षकको हाजिरी रोक्नुका साथै तलब कट्टा गर्न पनि प्रधानाध्यापकलाई निर्देशन दिएको शिक्षा महाशाखा प्रमुख कर्णले जानकारी दिए ।
सामुदायिक विद्यालयको पठन पाठन गुणस्तरीय बनाउन अनुगमनलाई निरन्तरता दिने र विना जानकारी विद्यालय नआउने शिक्षकलाई कारबाही गरिने उनले बताए ।
महानगरका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालय सुधार आफूहरुको पहिलो प्राथमिकता रहेकाले लापरवाही गर्ने शिक्षकहरुलाई कारबाही गर्न निर्देशन दिए ।
विद्यालयमा चाहिने आवश्यक पूर्वाधार निर्माणमा आफूहरु लागि परेको भन्दै विद्यार्थीलाई पढाउन खटिएका शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान पनि गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ मंसिर २५,आईतवार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ मंसिर २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद