Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १८,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ ।

आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ । यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज बैंकिङ समूह नौ दशमलव ४१, विकास बैंक समूह एक दशमलव ६१, वित्त समूह नौ दशमलव ९४ र उत्पादन समूह १३ दशमलव ४० अंकले घटेको छ ।

वृद्धि देखिएका उपसूचकमा सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक एक सय ८३ दशमलव ३६ र निर्जीवन बीमा समूहको उपसूचक ५७ दशमलव ६९ अङ्कले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन समूहको उपसूचक ४४ दशमलव ५३, लघुवित्त समूहको उपसूचक १६ दशमलव ३५, व्यापार समूहको उपसूचक १५ दशमलव ४४ र अन्य समूहको उपसूचक १० दशमलव ८५ अङ्कले बढेको छ । जलविद्युत् समूहको उपसूचक तीन दशमलव ९८ अंकले, लगानी समूहको उपसूचक शून्य दशमलव ४४ अंकले र म्युचुअल फन्डको उपसूचक शून्य दशमलव ०८ अङ्कले बढेको छ ।

आजको कारोबार पछि सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६ दशमलव ११ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको रु १९ करोड ८० लाख ६७ हजार चार सय ९३ बराबरको कारोबार भएको भने सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको दुई लाख ४८ हजार ७७ कित्ता सेयर कारोबार भएको छ । (रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ मंसिर १८,आईतवार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ मंसिर १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद