भदौ २७ बिरगंज । इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीमा पेट्रोल लिन वीरगन्ज भन्सार कार्यालयपरिसर पुगेका ट्यांकरलाई पेट्रोलियम ढुवानी व्यवसायीले अवरोध गरेका छन् ।
अत्यावश्यक वस्तु तथा सेवा अबरुद्ध गर्न नपाईने कानूनी व्यवस्था बिपरित आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगन्ज र वीरगन्जस्थित शाखा कार्यालयका लागि पेट्रोल लिन जाँदै गरेका ट्यांकरलाई पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोज दासको नेतृत्वमा पुगेको टोलीले रोकेको हो ।
करिब एक दर्जन व्यवसायीले वीरगन्ज महानगरपालिका–२५, श्रीसियामा रहेको एकीकृत जाँचचौकी (आइसिपी) अगाडि भन्सार जाँचपासका लागि लाइनमा रहेको ट्यांकरलाई उनीहरूले दिउँसो तीनदेखि चार बजेसम्म अवरोध गरेका थिए । त्यसपछि कुनै पनि ट्यांकर तेल लिनका लागि भारत नगएको भन्सार कार्यालयले जनाएको छ ।
उनीहरूले अवरोध गर्नुअघि बिहान करिब २५ ट्यांकर पेट्रोल लिनका लागि आइओसीको बरौनी रिफाइनरी गएका थिए । एक वर्षदेखि ढुवानी भाडादर वृद्धिको माग राखे पनि सुनुवाइ नभएकाले टं्याकर रोक्न थालिएको महासंघका वरिष्ठ उपाध्यक्ष दासले बताए ।
© 2024