Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

इन्धन लिन भारत हिँडेका ट्यांकरलाई पेट्रोलियम ढुवानी व्यवसायीले अवरोध

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २७,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भदौ २७ बिरगंज । इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीमा पेट्रोल लिन वीरगन्ज भन्सार कार्यालयपरिसर पुगेका ट्यांकरलाई पेट्रोलियम ढुवानी व्यवसायीले अवरोध गरेका छन् ।
अत्यावश्यक वस्तु तथा सेवा अबरुद्ध गर्न नपाईने कानूनी व्यवस्था बिपरित आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगन्ज र वीरगन्जस्थित शाखा कार्यालयका लागि पेट्रोल लिन जाँदै गरेका ट्यांकरलाई पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोज दासको नेतृत्वमा पुगेको टोलीले रोकेको हो ।
करिब एक दर्जन व्यवसायीले वीरगन्ज महानगरपालिका–२५, श्रीसियामा रहेको एकीकृत जाँचचौकी (आइसिपी) अगाडि भन्सार जाँचपासका लागि लाइनमा रहेको ट्यांकरलाई उनीहरूले दिउँसो तीनदेखि चार बजेसम्म अवरोध गरेका थिए । त्यसपछि कुनै पनि ट्यांकर तेल लिनका लागि भारत नगएको भन्सार कार्यालयले जनाएको छ ।
उनीहरूले अवरोध गर्नुअघि बिहान करिब २५ ट्यांकर पेट्रोल लिनका लागि आइओसीको बरौनी रिफाइनरी गएका थिए । एक वर्षदेखि ढुवानी भाडादर वृद्धिको माग राखे पनि सुनुवाइ नभएकाले टं्याकर रोक्न थालिएको महासंघका वरिष्ठ उपाध्यक्ष दासले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ भाद्र २७,सोमबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ भाद्र २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद