Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिआइवीेको अनुरोध ठगीजन्य कार्यबाट बच्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ११,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ असार (रासस) ः प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन नागरिकमा अनुरोध गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरेध गरेको छ । पछिल्लो समय नेपालमा अवैध ऋण लगानी (मिटर ब्याज) गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टीबन्धक जग्गा फिर्ता नदिई उठीवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका नाममा ठगी, सस्तो मुल्यमा सामान पठाई दिने भनी ठगी गर्नेजस्ता घटना देखिएको व्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।

यस्तै विदेशी नागरिकको आवरणमा आकर्षक गन्तव्यमा पठाई दिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा सामाज सेवाका नाममा डलरले भरिएका बाक्साका फोटो देखाई एवं झुठा श्रव्य दृष्य सामग्रीसमेत पठाई भ्रममा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नजिकका व्यक्ति बनी आकस्मिकरुपमा फोनका माध्यमबाट पैसा मागी ठगी गर्ने, मोबाइल बैंकिङका पासवर्ड र बैंकका विवरण मागी रकम झिक्ने, सामाजिक सञ्जालमा भिडियो कल गरी अश्लिल फोटो तथा भिडियो लिई अपलोड गरिदिने धम्कि दिई आपराधिक लाभ लिने, नेपालीको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाई हुण्डीमार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिलाई पैसा दिन लगाई आपराधिक कार्यमा संलग्न गराउने कार्य भएको भनी प्रहरीमा उजुरीसमेत परेको छ ।

नेपालमा क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्किङ आदिबाट धेरै गुणा प्रतिफल दिने भनी प्रलोभनमा पारी ठगी गर्ने कार्यसमेत देखिएको जनाउँदै व्यूरोले यस्ता अवाञ्छित कार्यका सम्बन्धमा सचेतना बढाई सजगता अपनाउन र ठगीबाट बच्न अनुरोध गरेको छ ।

जाहेरी प्राप्त भएको अवस्थामा प्रहरीद्वारा कसुरदारमाथि अनुसन्धान गरी कानुनबमोजिम कडाइका साथ कारबाही भइरहेको छ । यस्तै घटनामा संलग्न नवलपरासीका सुनिलकुमार गुप्ता र जगदिश कानुलाई पक्राउ गरी अनुसन्धान जारी रहेको व्यूरोले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ असार ११,शनिबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ असार ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद