Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा लामखुट्टे नियन्त्रण अभियान सुरु, विषादी छर्किंदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्ज महानगरपालिकाले बढ्दो लामखुट्टेको प्रकोप नियन्त्रण गर्न ‘पम्प स्प्रे’ प्रविधिमार्फत विषादी छर्ने अभियान सुरु गरेको छ।

महानगर प्रमुख राजेशमान सिंह ले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको जोखिम न्यूनीकरण गर्न अभियान थालिएको जानकारी दिनुभयो। चिसो मौसमको अन्त्यसँगै गर्मी सुरु हुँदा लामखुट्टेको संख्या बढ्ने भएकाले समयमै नियन्त्रणात्मक कदम चालिएको उहाँको भनाइ छ।

बिहीबारदेखि सुरु भएको विषादी छर्किने कार्य दोस्रो दिन घण्टाघरदेखि पावरहाउस चोकसम्मको मुख्य नाला, पानी जम्ने खाली स्थान तथा जोखिमयुक्त क्षेत्रहरूमा केन्द्रित गरिएको छ।

महानगर प्रमुखको निर्देशनअनुसार बिहान १० बजेदेखि विषादीयुक्त घोल तयार गरी नाला तथा पानी जम्ने स्थानहरूमा पम्प स्प्रे गरिएको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले जानकारी दिनुभयो।

उनका अनुसार वीरगञ्ज महानगरपालिका का सबै ३२ वटै वडामा दैनिक रूपमा लामखुट्टे नियन्त्रण अभियान सञ्चालन भइरहेको छ। वीरगञ्जमा चिसो र गर्मी दुवै मौसममा लामखुट्टेको प्रकोप बढी देखिने भएकाले महानगरपालिकाले वर्षमा दुई पटक नियमित रूपमा विषादी छर्ने कार्य गर्दै आएको छ।

महानगरपालिकाले नागरिकलाई पानी जम्न नदिन, घरआँगन सफा राख्न र लामखुट्टे बस्ने सम्भावित स्थानहरू हटाउन सहयोग गर्न आग्रह समेत गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद