Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज कलेजद्वारा कक्षा ११ का विद्यार्थीका लागि ‘उत्कृष्टताको बाटो’ तालिम आयोजना

by प्रणय साह
प्रकाशित : २०८२ पुष ५,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जको उत्कृष्ट शैक्षिक संस्था वीरगन्ज कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको भविष्य निर्माणका लागि एकदिने ‘उत्कृष्टताको बाटो’ विषयक तालिम कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि पर्सा जिल्ला अदालतका न्यायाधीश उपेन्द्र केशरी खनालले जीवन निरन्तर संघर्षको बाटो भएको उल्लेख गर्दै बढी मेहनत गर्ने व्यक्तिले नै सफलता हासिल गर्ने बताए। उनले विद्यार्थीहरूलाई अहिलेबाटै कडा परिश्रम गरी आफ्नो भविष्य उज्ज्वल बनाउन तथा आत्मपहिचान विकास गर्न आग्रह गरे।

कार्यक्रमका विशिष्ट अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले अध्ययनसँगै सीप विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले पाठ्यपुस्तक र पाठ्यक्रममा मात्र सीमित नरही उद्यमशील गतिविधितर्फ पनि रुचि बढाउन विद्यार्थीहरूलाई सुझाब दिए।

त्यसैगरी अर्का अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले छोटो समयमै वीरगन्ज कलेजले शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको भन्दै प्रशंसा गरे। उनले कलेज विद्यार्थीहरूको रोजाइमा परेको उल्लेख गर्दै कक्षा १२ सम्म लगनशील र मेहनती भएर अध्ययन गर्न र स्नातक तहमा आफूलाई सक्षम बनाउन सुझाब दिए। साथै उनले भविष्य निर्माणका लागि स्वरोजगारको बाटो रोज्न विद्यार्थीहरूलाई प्रेरित गरे।

गौतमले जागिर खाने भन्दा पनि अरूलाई जागिर दिने सोच विकास गर्नुपर्नेमा जोड दिँदै देशमा उद्यमशीलता प्रवर्द्धनका लागि ‘पढ्दै कमाउँदै’ अवधारणालाई आत्मसात गर्न विद्यार्थीहरूलाई आग्रह गरे।

वीरगन्ज कलेज सञ्चालक समितिका अध्यक्ष डा। दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मी, कलेजका राजेश्वर प्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा कलेजका अध्यक्ष डा। चौधरी र क्याम्पस प्रमुख विनोद गुप्ताले विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए। कलेज सञ्चालक समिति सदस्य तथा प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा कलेजका फ्याकल्टी सदस्यहरू, विभिन्न सञ्चार संस्थासँग आबद्ध सञ्चारकर्मीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ पुष ५,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ पुष ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद