Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भास्कर हर्वास्युटिकल्सद्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक २७,बिहीबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — वीरगंजस्थित ८८भास्कर हर्वास्युटिकल्स प्रा.लि.८८ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वीरगंज महानगरपालिकालाई पाँच थान ल्यापटप सहयोग गरेको छ।

गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन र कार्यालय सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका थिए। त्यसपछि कार्यालय सञ्चालन र प्रशासनिक कामकाजमा कठिनाइ उत्पन्न भएको थियो।

उक्त अवस्थालाई मध्यनजर गर्दै भास्कर हर्वास्युटिकल्सले महानगरलाई प्राविधिक पुनःस्थापनामा सहयोग पु–याउने उद्देश्यले ल्यापटप प्रदान गरेको हो।

आज महानगरपालिकामा आयोजित औपचारिक कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले पाँच थान ल्यापटप वीरगंज महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरे।
अग्रवालले भने,“वीरगंज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय हो। त्यस समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व हो। कम्पनीले समाज र स्थानीय निकायसँगको सहकार्यलाई सधैं प्राथमिकता दिँदै आएको छ।”

महानगर प्रमुख राजेशमान सिंहले भास्कर हर्वास्युटिकल्सप्रति आभार व्यक्त गर्दै भने,“भदौको घटनापछि महानगरको भौतिक पूर्वाधार र उपकरण नष्ट हुँदा सेवा प्रवाहमा ठूलो चुनौती आएको थियो। यस्ता सहयोगहरूले महानगरलाई पुनःस्थापनामा ठूलो मद्दत पुगेको छ। हामी सबै दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्नेछौं।”

यसअघि पनि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन।पी।एल। समाज कल्याण संस्था,औषधी व्यवसायी संघ, के।एन।पी। जापान र बृटानिया जस्ता संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन्।

महानगरपालिकाले यस्ता सहकार्य र सहयोगका कार्यक्रमहरू मार्फत सेवा पुनःस्थापना र डिजिटल प्रशासन प्रणाली सुदृढीकरण गर्ने लक्ष्य लिएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ कार्तिक २७,बिहीबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ कार्तिक २७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद