Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा हराएकी गर्भवती महिलाको आश्रममा उद्धार, अस्पतालमा छोरी जन्मिएपछि परिवारसँग पुनर्मिलन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १५,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

प्रणय साह
वीरगन्ज — सडकमा भेटिएकी एक गर्भवती महिलाको उद्धारपछि नारायणी अस्पतालमा छोरी जन्मिएको छ र त्यसको भोलिपल्ट उनको आफ्नै परिवारसँग पुनर्मिलन भएको छ।

३० वर्षीया पुनिता देवी रामलाई असोज ११ गते वीरगन्जको बहुअरीबाट मानव सेवा आश्रमको टोलीले उद्धार गरी आश्रय दिइएको थियो। मंगलबार साँझ उनीलाई पेट दुखेपछि नारायणी अस्पताल पुर्याइएको थियो, जहाँ उनले छोरीलाई जन्म दिइन्।

बच्चा जन्मिएको खबर सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत फैलिएपछि, बुधबार बिहान पुनिताका सासु पाना देवी चमार र ससुरा शम्भु राम अस्पताल पुगे। उनीहरू पर्सागढी नगरपालिका–५, जिंगना निवासी हुन्। सासु(ससुराका अनुसार, पुनिताका श्रीमान् रामकारण राम भारतमा ट्र्याक्टर चालकको रूपमा कार्यरत छन्। मानसिक समस्याका कारण उनी केही समयअघि घरबाट हराएकी थिइन्।

बुधबार बिहान अस्पताल परिसरमै एक भावनात्मक पारिवारिक पुनर्मिलन कार्यक्रम आयोजना गरियो। कार्यक्रममा मानव सेवा आश्रम वीरगन्जका अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, लायन्स क्लब अफ वीरगन्ज सेस्मी एकेडेमीकी अध्यक्ष पिया सिंह, नर्स हेमा थापा, समाजसेवी सन्तोष पटेल, पिन्टु रौनियार लगायतका स्वयंसेवक र सुरक्षाकर्मीहरू उपस्थित थिए।

मानव सेवा आश्रमले उद्धारदेखि पुनर्मिलनसम्म सहयोग गर्ने सम्पूर्ण सञ्चारकर्मी, शुभेच्छुक तथा सम्बन्धित निकायप्रति आभार प्रकट गरेको छ।

यसअघि, शनिबार राति ९ बजे प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरी र अभियन्ता प्रकाश थारुले पेट ठूलो भएकी महिलालाई उद्धार गरेर आश्रममा पुर्याएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद