Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा निजी विद्यालय सञ्चालकद्वारा शिक्षा विधेयकको विरोधमा सांसद बिना जयसवाललाई ज्ञापनपत्र बुझाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ भाद्र २,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रस्तावित शिक्षा विधेयकमा समेटिएका केही प्रावधानप्रति आपत्ति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले पर्सामा सांसद बिना जयसवाललाई ज्ञापनपत्र बुझाएका छन्।

प्याब्सन, एन–प्याब्सन र हिसान पर्साका प्रतिनिधिहरू सम्मिलित संयुक्त टोलीले राप्रपाकी सांसद तथा शिक्षा समिति सदस्य जयसवाललाई ज्ञापनपत्र बुझाउँदै विधेयकको हालको स्वरूपले निजी विद्यालयको अस्तित्व र अधिकारलाई कमजोर पार्ने खतरा रहेको बताएका हुन्।

ज्ञापनपत्र बुझाउने टोलीमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, सचिव अशोक सङ्रौला, वरिष्ठ उपाध्यक्ष सुशिला साह, केन्द्रीय सदस्य छेडुप लामा लगायतको सहभागिता थियो।

उनीहरूले शिक्षा विधेयकमा समेटिएको निजी विद्यालयप्रति विभेदकारी धारणा, नीतिगत अस्पष्टता तथा उनीहरूको भूमिकालाई कमजोर पार्ने प्रावधानहरूप्रति गम्भीर चिन्ता व्यक्त गरे।

ज्ञापनपत्रमा निजी विद्यालयलाई शिक्षाको महत्वपूर्ण साझेदारको रूपमा मान्यता दिनुपर्ने, विवादास्पद प्रावधानहरू पुनरावलोकन गर्नुपर्ने र नीति निर्माणमा निजी क्षेत्रका सुझावलाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ।

सांसद जयसवालले ज्ञापनपत्र बुझ्दै शिक्षा समितिमा उठाइएका मागबारे छलफल गर्ने र आफूले आवश्यक पहल गर्ने आश्वासन दिइन्।

यसअघि पनि देशभरका निजी विद्यालयहरूको छाता संगठन प्याब्सन, एनप्याब्सन र हिसानले शिक्षा विधेयकको विरोधमा प्रदर्शन, धर्ना, र बिरोधसभा गर्दै आएका छन्। निजी क्षेत्रको सक्रिय विरोधसँगै सरकारले विधेयकमा पुनरावलोकनको संकेत दिने सम्भावना बढ्दै गएको छ। news bold

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ भाद्र २,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ भाद्र २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद