Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरगंज समाज सेवाको निःशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २१,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज । समाजमा सेवा भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बिरगंज समाज सेवा संस्थाद्वारा सञ्चालित निःशुल्क भोजन वितरण कार्यक्रम आज ६० औं हप्तामा प्रवेश गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।

२०८१ साल बैशाखको पहिलो हप्ता देखि सुरु गरिएको यो कार्यक्रम हरेक शनिबार बिहान १० बजेदेखि नारायणी अस्पतालको प्राङ्गणमा नियमित रूपमा सञ्चालन हुँदै आएको छ। अस्पतालमा उपचाररत बिरामी, कुरुवा, साथै आर्थिक रूपमा विपन्न, असहाय र गरिब वर्गका व्यक्तिहरूलाई शुद्ध, सफा र पोषिलो भोजन वितरण गरिँदै आएको छ।

कार्यक्रमका संयोजक तथा बिरगंज समाज सेवा संस्थाका अध्यक्ष अशोक कुमार गुप्ताका अनुसार, “मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो। सेवा गर्न इच्छुक जो–कोहीले हाम्रो अभियानमा सहकार्य गर्न सक्नुहुन्छ।” उहाँले जानकारी दिनुहुँदै, हरेक हप्ताजसो ४५० देखि ५०० जनासम्म व्यक्तिहरूले यो सेवाबाट लाभ लिइरहेको बताए।

आजको भोजनमा दाल, भात, तरकारी र अचार समावेश गरिएको थियो। वितरणको क्रममा स्वच्छता र व्यवस्थापनमा विशेष ध्यान दिइएको संस्थाले जनाएको छ।

आजको कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूमध्ये अध्यक्ष अशोक कुमार गुप्ता, उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, कोषाध्यक्ष विनोद सर्राफ, सदस्यहरू मदन प्रसाद गुप्ता, राजु रुङ्ग्टा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, बिरेन्द्र प्रसाद आर्य, हरेन्द्र प्रसाद, निसान्त लाठ, देवव्रत आर्य, राम बाबू, राधेश्याम गुप्ता, लालबाबु सिंह, राजेन्द्र भट्टराई लगायत सञ्चारकर्मी अभिलाष कुमार गुप्ता, अजित भुजेल र मुनेश लायो मगरको सक्रिय उपस्थिति रहेको थियो।

समाजमा सेवा, सहकार्य र सद्भावको भावना विस्तार गर्दै आएको यस अभियानले सकारात्मक सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। बिरगंज समाज सेवा संस्थाले आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ असार २१,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ असार २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद