वीरगंज, असार ७ — “कसैलाई पनि रगतको अभावमा मृत्युवरण गर्न नपरोस्” भन्ने बलियो सन्देशसहित वीरगंज सिटी मार्केटको आयोजनामा शनिबार वीरगंजमा एक आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

घण्टाघरस्थित रोयल पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्रले उद्घाटन गरेका थिए। कार्यक्रम संयोजक बिक्की सर्राफका अनुसार, एक महिलासहित ५१ जनाले रक्तदान गरेका छन्, जसले वीरगंजमा देखिएको रक्त अभावको संकटलाई सम्बोधन गर्न ठूलो राहत पु¥याएको छ।
रक्तदाताहरूको उल्लेखनीय योगदान
रक्तदान गर्ने उल्लेखनीय सहभागीहरूमा बलिराम राउत, रन्जित गुप्ता, जुमन आलम, राज गुप्ता, अभय पटेल, राजन कुमार रौनियार, अभय कुमार साह, राजाबाबु पटेल, जोतिश पटेल, रोहित पटेल, साहिल हुसेन, कुन्दन प्रसाद, बृजेश यादव, साहिल पटेल, सुरज पटेल, पिन्टु रौनियार, आन्नद कुमार रौनियार, ओम यादव, नितेश कलवार, सुनिल ठाकुर, चन्दन कुमार रौनियार लगायत रहेका छन्।
संकटबीचको सक्रियता
भर्खरै वीरगंज रक्तसञ्चार केन्द्रमा देखिएको गम्भीर रक्त अभाव र नेपाल रेडक्रस सोसाइटी पर्साले सुरु गरेको रक्तदान अभियानलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गरिएको संयोजक सर्राफले जानकारी दिए।
संस्थागत सहयोग र सहभागिता
कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका सचिव अरविन्द सिंह, सिटी मार्केटका सञ्चालक पिन्टु रौनियार, राजन श्रीवास्तव, सन्तोष पटेललगायतको सक्रिय उपस्थिति थियो।



