वीरगन्ज,। पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर १ मुड्लीस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
विषयगत शिक्षक नहुदाँ पठनपाठन नै प्रभावित भएको भन्दै विद्यार्थीहरुले बिहीबार विद्यालयमा तालान्दी गर्दै आन्दोलन सुरु गरेका हुन् । बिहीबार बिहान नाराबाजीसहितको प्रदर्शन गर्दै विद्यार्थीहरुले विद्यालयको मूल प्रवेशद्वारमा तालाबन्दी गरेका हुन् ।
विद्यालयको कक्षा ९,१०,११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् । उनिहरुका अनुसार, नयाँ शैक्षिक सत्र सुरु भएको ७ महिना बितिसक्दापनि विद्यालयमा विज्ञान,सामाजिक,अर्थशास्त्र र अंग्रेजी विषयको विषयगत शिक्षक छैनन् । जसका कारण पठनपाठन नै प्रभावित भएको उनिहरुको गुनासो छ ।
विषयगत शिक्षकको व्यवस्थ ागर्न विद्यालय प्रशासनलाई पटक पटक ध्यानाकर्षण गराउँदासमेत कुनै चासो नलिएपछि बाध्य भएर आँफुहरु आन्दोलनमा उत्रिनु परेको कक्षा–१० का छात्र अमित गुप्ताले बताए ।उनले भने,‘ हामीले कैयन पटक शिक्षकको व्यवस्था हुनु पर्यो भनेर हेडसर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई भेटेरै भन्यौ । तर उहाँहरुले चासो लिनु भएन । हाम्रो पढाई बर्बाद भइरहेको छ । अब के गर्ने रु ।’
एक अभिभावकका अनुसार, तीन जना विषयगत शिक्षक नियुक्तिका लागि चार महिना पहिले विद्यालय प्रशासनले आवेदनसहितको सूचना आह्वान गरेको थियो । तर प्रधानाध्यापक राजेश तिवारी, वडाध्यक्षसेमत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबु चौरसिया र सहायक प्रधानाध्यापक जयप्रकाश चौरसियाबिच शिक्षक नियुक्तीमा भागबण्डा नमिल्दा शिक्षक नियुक्ती प्रकृया स्थगीत गरिएको थियो ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौरसियालेपनि विद्यालयमा विषयगत शिक्षकको अभाव रहेको स्वीका गरे ।उनले आन्दोलनरत विद्यार्थीहरुसंग संवाद गरेर समस्या समाधान गरिने बताए ।
चार महिना पहिले विज्ञान लगायतका विषयगत शिक्षक नियुक्तीका लागि विज्ञापन आह्वान गरेको भएपनि कुनै कारणवश स्थगीत गर्नु परेको बताए । त्यसपछि फेरि विज्ञापन आह्वानका लागि पालिकाको शिक्षा शाखा प्रमुखबाट अनुमति आवश्यक पर्ने भएकोले त्यसका लागि प्रकृया थालिसकिएको उनले बताए । उनले भने,‘ दसैं विदामा शिक्षा शाखा प्रमुख हिमांशु भट्ट घर जानु भयो । त्यसका कारण ढिला हुन पुग्यो । विद्यालय प्रशासनले विज्ञापनका लागि आवश्यक सबै प्रकृया पुरा गरेर पालिकामा पठाइसकेको छ ।’