Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महोत्तरीको सोनामाई मन्दिरमा बुधबारदेखि भूतमेला सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन २३,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, । महोत्तरीको सोनामाई मन्दिरमा बुधबारदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताउनुभयो ।

परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यातसोनामाई मन्दिरमा हरेक वर्ष वडादसैँको सप्तमीदेखि लाग्ने मेला यस वर्ष बुधबार बिहानैदेखि सुरु भएको अर्का पूजारी घनश्याम झाले बताउनुभयो । बडादसैँको सप्तमीदेखि विजयादशमीका दिनसम्म चल्ने मेलामा हजारौँ पीडित ९कारनी० र दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

भूतप्रेतले सताइएका हजारौँ पीडितहरू प्रत्येक वर्ष यस मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले स्वस्थ हुने जनविश्वास रहेको अर्का पुजारी झगरु झा बताउनुहुन्छ ।

वर्षौँदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकैको कसबाट सताइएको हो भन्नेबारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दैपड्दै, रुँदैहाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्छन् र दरबारमा पुगेका पीडितहरू माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको माताका अर्का पुजारी रमेश झाले बताउनुभयो ।

विजयादशमीका दिनसम्म चल्ने मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत मुलुकका हेटौँडा, धरान, विराटनगर र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटनासम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेको कुरा माताका पुजारी घनश्यामले थप्नुभयो ।

घरघरमा भूतप्रेतबाट दुःख र पीडित भएका कारनी ९पीडित०हरु आ–आफ्ना घरबाट रुँदै–कराउँदै यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट पीडामुक्त भई हाँस्दै जाने गरेको झाँक्री बताउँछन् । सोनामाई शक्तिपीठमा दर्जनौँ धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने २४सैँ घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरूको पीडा हरण गर्ने गरेको पुजारी रमेशले बताउनुभयो ।

माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूतप्रेत नलाग्ने विश्वास यहाँका जनताको छ । यस वर्ष मेलामा सहभागी हुन चाहने भक्तजनका लागि औरही नगरपालिकाले रात्रिबासका साथै भोजन र सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको जनाएको छ । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८१ आश्विन २३,बुधबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८१ आश्विन २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद