Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मन्त्री यादवको पहल पश्चात् दक्षिणकालीले पठायो ललितपुरमा पानी

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन १९,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ असोज । खानेपानी मन्त्री प्रदीप यादवको विशेष आग्रहपछि दक्षिणकाली नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेको मुहानबाट ललितपुरका नागरिकहरूको लागि पानी आपूर्ति गरेको छ ।

मन्त्री यादवले शनिवार दक्षिणकालीका जनप्रतिनिधि र स्थानीय नागरिकहरूसँगको बैठकमा ललितपुरमा खानेपानी अभावलाई मध्यनजर गर्दै पानी आपूर्तिमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । यसपछि दक्षिणकाली नगरपालिकाले आफ्नो कुटुरी मुहानबाट पानी पथान्तरण गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को भैँसेपाटी ट्याङ्कीमा पानी पठाएको हो ।

केयुकेएल भैँसेपाटीका कार्यकारी निर्देशक अशोक पौडेलले मन्त्री यादवको दिनभरको प्रयासपछि भैँसेपाटी ट्याङ्कीमा पानी झर्न थालेको र अब चाँडै ललितपुरका बासिन्दालाई पानी वितरण सुरु गरिने जानकारी दिनुभयो । उहाँले यस पहलले दसैँको समयमा ललितपुरमा खानेपानीको सङ्कटलाई केही हदसम्म कम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

खानेपानी मन्त्रालयकी सचिव प्रमिल देवी शाक्य बज्राचार्यले दक्षिणकाली नगरपालिकाले तत्काल दसैँसम्मका लागि पानी आपूर्ति गर्ने बताउँदै दसैँपछि ललितपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका, र केयुकेएलबीच बैठक बसेर दीर्घकालीन समाधानका लागि आवश्यक लागत अनुमान तयार पारिने र आवश्यक कार्यहरू अघि बढाइने जानकारी दिनुभयो । पानी आपूर्तिको दीर्घकालीन व्यवस्थापनको लागि सम्झौता पत्र तयार गरी हस्ताक्षर गरिने उहाँले बताउनुभयो ।

मन्त्री यादवले आज दक्षिणकालीमा स्थलगत निरीक्षण गर्दै बाढी पहिरोका कारण उत्पन्न समस्याहरूको बारेमा चासो व्यक्त गर्नुभएको थियो । उहाँले दक्षिणकालीका जनप्रतिनिधिहरूसँगको संवादमा दक्षिणकालीका बाढी प्रभावित नागरिकहरूको समस्या आफूले राज्यको प्रतिनिधिका रूपमा गम्भीरतापूर्वक लिएको र समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

खानेपानीका संरचनाहरूमा बाढी पहिरोले पुर्‍याएको क्षतिको मर्मत र पुनर्निर्माणका लागि उहाँले मातहतका निकायहरूलाई तत्कालै काम सुरु गर्न निर्देशन दिइसकेको जानकारी गराउनुहुँदै, बाढीले प्रभावित स्रोतहरूको मर्मत कार्य चाँडै नै सम्पन्न हुनेमा विश्वास दिलाउनुभयो ।

मन्त्री यादवले बाढी र पहिरोले पुर्‍याएको क्षति र समस्याहरू समाधान गर्न स्थानीय सरकारसँग मिलेर काम गर्ने बताउनुभयो । उहाँले दक्षिणकाली नगरपालिकासँग सहकार्य गरी स्थानीय जनताका लागि खानेपानी समस्या समाधानमा ध्यान दिने उल्लेख गर्नुभयो । साथै, स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै दीर्घकालीन समाधानका लागि योजना तयार गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री यादव शनिवार फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर त्यहाँ बाढीले पुर्‍याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि चलिरहेको कार्यको प्रगतिको विषयमा जानकारी पनि लिनुभएको थियो । सोही क्रममा मन्त्री यादवले क्षतिका कारण ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरुद्ध भएको बताउनुहुँदै मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न दक्षिणकालीवासीलाई आग्रह गर्नुभएको थियो ।

मन्त्री यादवले केही पूर्व कर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउनुहुँदै, समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । 

यादवले सुन्दरीघाट पानी प्रशोधन केन्द्र, सातमूल मुहान, फर्पिङ हेड पंड(जलविद्युत जलाशयको पेनस्टक पाइप, कुटुरी मुल र फर्पिङ पम्प हाउसमा पुगेको क्षतिको समीक्षा गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग पनि छलफल पनि गर्नुभएको उहाँ प्रेस सल्लाहकार आशुकुमार सर्राफले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८१ आश्विन १९,शनिबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८१ आश्विन १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद