अनलाइन वीरगंज संवाददाता
२ भदौ, वीरगञ्ज
इजी इट्स कम्पनीले आज तेस्रो स्थापना दिवस मनाएको छ । वीरगञ्जको होटल मकालुमा कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।
त्यस अवसरमा कम्पनीमा कार्यरत १५ जना कर्मचारीलाई उपाहार दिएर सम्मान गरिएको थियो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिम्रन चौरसियाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कम्पनीका निर्देशक निरज पटेलले साथ सहयोग दिएकोमा कर्मचारीलाई धन्यवाद दिए ।
उनले कर्मचारीका साथ र सहयोगले हेटौडामा शाखा खोल्न सफल भएको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखे । कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले नेपालबाट दैनिक हजारौं विदेशिँदै गरेका युवालाई रोक्न इजी इट्सले योगदान दिएको बताए । “दुई युवाको प्रयासले थप १५ जना युवालाई स्वदेशमै रोजगारी पाएका छन्, रोजगारीका लागि विदेश जान परेको छैन ।” उनले भने ।
युवाले थालेको यस्ता कदमलाई समाजले प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । बार्षिकोत्सवको अवसरमा कर्मचारीहरुबीचमा आयोजना गरिएको क्वीज प्रतियोगितामा सही उत्तर दिनेलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा कम्पनीका आइटी प्रमुख अंकित चौरसिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन नन्दिनी कुमारी ठाकुर र समिर अलीले गरेका थिए ।
© 2024