Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अस्थिरता सरकार सँगै अपराधको अखडा बन्दै मधेस एक वर्षमा १२६ जनाको हत्या

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । सर्लाहीमा साउन ७ गते सोमबार पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भयो । आफ्नै सहयोगीबाट रायको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गत जेठ ३२ मा बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भयो । गोली प्रहार गरी उनको हत्या भएको थियो ।
मृत्युकालीन घोषणामा कुशवाहले आफूमाथि पूर्वसैनिक जवान सुरेन्द्र कुशवाहले गोली हानेको बताएका थिए ।
जेठ २९ मा पर्साको जगरनाथपुरमा झारफुकका लागि घरमा बोलाएर २ जनाको हत्या भयो । नेपाल–भारत सीमा नजिक कलैया निवासी रामएकवाल पण्डित र उनको साथी सुरेश ठाकुरको आफ्नै भतिजाबाट हत्या भयो ।
मधेसमा यस्ता घटना सामान्यजस्तै हुन थालिसकेको छ ।
एक वर्षमा कति हत्याका घटना ?
पछिल्लो समय मधेस प्रदेशमा हत्याका घटना शृङ्खलाबद्ध भइरहेका छन् । व्यक्तिगत रिसिइबी तथा सामान्यखाले विवादमा हत्याका घटना हुने गरेको प्रहरी विश्लेषण छ ।
मधेस प्रहरीको तथ्याङ्कमा एक वर्षमा ८ वटा जिल्लामा १२६ जनाको हत्या भएको छ । गत आर्थिक वर्ष (०८०÷०८१) प्रदेशका आठ वटै जिल्लामा गरी ७८ पुरुष र ४८ जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।
यो एक वर्षमा सबै भन्दा बढी धनुषामा हत्याका घटना भएका छन् । समीक्षा अवधिमा धनुषामा १४ जना पुरुष र ७ जना महिला गरी २१ जनाको हत्या भएको तथ्याङ्क छ ।
सबैभन्दा कम महोत्तरीमा हत्याका घटना भएका छन् । प्रहरीका अनुसार यहाँ ७ जना पुरुष र २ महिलाको गरी कुल ९ जनाको हत्या भएको छ ।
बढी हत्या हुने जिल्लामा दोस्रो स्थानमा सिरहा छ, जहाँ एक वर्षमा ९ पुरुष र ११ महिला गरी २० जनाको हत्या भएको छ । पर्सामा १७, बारामा १४, रौतहटमा १७, सर्लाहीमा ११, सप्तरीमा १६ जनाको हत्या भएको मधेस प्रहरीको तथ्याङ्क छ ।
ती हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १४७ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले जनाए । उनका अनुसार पक्राउ पर्नेहरूमा १२५ जना पुरुष र २२ जना महिला छन् ।
अघिल्लो वर्ष कति ?
अघिल्लो आर्थिक वर्ष (०७९÷०८०) मा मधेसमा कुल १११ वटा हत्याका घटना भएका थिए । प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणमा अघिल्लो वर्षमा ७० जना पुरुष र ४१ जना महिलाको हत्या भएको रेकर्ड छ । यसैगरी यो हत्याका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६९ जनालाई पक्राउ गरेको तथ्याङ्क छ ।
प्रदेश प्रहरी प्रवक्ता बोहराका अनुसार पछिल्लो समयमा मधेसमा हत्याका घटना हुनुको पछाडि जग्गा जमिनको विवाद, आर्थिक लेनदेन, व्यक्तिगत रिसिइबी, सामान्य आवेग जस्ता कारणले हत्या भइरहेका छन् । यसो हुनुको पछाडि सर्वसाधारणमा नैतिक शिक्षाको कमी हुँदै गइरहेको उनको ठम्याइ छ ।
अर्को कारणमा खुल्ला सीमा पनि रहेको प्रदेश प्रहरी प्रवक्ता बोहराको धारणा छ । उनले भारततिरबाट सजिलै प्रवेश पाउने भएको हुँदा पनि मधेसमा आपराधिक घटना बढेको बताए ।
प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल मधेसतिर काम गर्ने प्रहरी कर्मचारीले सुरक्षा सम्बन्धमा बढी ध्यान नदिएको बताउँछन् ।
‘काठमाडौँमा काम गर्ने प्रहरी अधिकारीलाई आफ्नो करिअरको चिन्ता हुन्छ, त्यसैले उनीहरूले पहिलो प्राथमिकतामा जनताको सुरक्षालाई राखेका हुन्छन् । तर मधेसतिर काम गर्ने कर्मचारीहरूको पहिलो प्राथमिकतामा पैसा पर्छ । जसका कारणले उनीहरू पैसा कमाउनतर्फ ध्यान केन्द्रित गर्छन् । अनि यस्ता घटना भइरहेका हुन्छन् ।’सभार रातोपाटी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद