Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

३२ प्रतिशतसम्म विद्युत् चोरीका कारण अघोषित लोडसेडिङ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा, वैशाख २६ गते । गर्मी बढेपछि छिन छिनमा बत्ती आउने जाने गरेकाले सेवाग्राहीले थप कष्ट भोग्नु परेको छ । आधिकारिक रूपमा अहिले लोडसेडिङ नरहेको तथा दिउँसोमा जसोतसो विद्युत् आए पनि रातभरि बिजुली नआउने हुँदा उपभोक्ताले थप कष्ट भोग्नु परिरहेको कलैया उप–महानगरपालिका–१ का सत्यप्रसाद श्रेष्ठले बताउनुभएको छ ।

गर्मीयाममा विद्युत् खपत बढी हुने गरेको तथा ३२ प्रतिशतसम्म विद्युत् चोरीका कारण अघोषित लोडसेडिङ गरिँदै आएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कलैयाका प्रमुख ऋषिकुमार वरनवालले बताउनुभएको छ ।

अहिले विहारको रक्सौलबाट १३२ को लाइनबाट करिब दुई सय एमबिए विद्युत् वीरगन्जमा दिनहुँ आउने गरेको छ । त्यहाँबाट आएको विद्युत् वीरगन्ज, कलैया, परवानीपुर र परवानीपुरबाट पोखरिया क्षेत्रमा वितरण हुने गरेको छ । त्यस क्षेत्रमा पनि ओभरलोड हुने गरेका कारण सबै क्षेत्रको दुई÷तीन घण्टा पालैपालो विद्युत् कटौती गरी आपूर्ति पूरा गरिँदै आएको प्रमुख वरनवालले जानकारी दिनुभयो ।

गण्डक नहरभन्दा दक्षिणको क्षेत्रमा अत्यधिक विद्युत् चोरी हुँदै आएको छ । जिल्लाको अन्य फिडरभन्दा शीतलपुर एरिया थेग्न नसक्ने अवस्थामा छ । लाइन आउनेबित्तिकै खेतमा सिँचाइ गर्न बसेकाहरू एकै पटक मोटर जडान गरेपछि प्राधिकरणको उपकरण बढी ट्रिप हुने गरेको उहाँले बताउनुभयो ।

“हाम्रो उपकरणको कुल क्षमता २७० को छ । त्यसको पावर बढाएपछि, ठाउँ ठाउँमा तार सर्ट भई चुँडिने अन्य उपकरण जल्नेलगायतका समस्या उत्पन्न हुन थाल्छ । त्यसैले थप एउटा सेक्सन बनाउन लाग्दा त्यहाँका स्थानीय विरोधका साथै हस्तक्षेप गर्दै आएका छन् । एउटा अर्को विकल्प निर्माण हुँदै छ । पिलुवा कलैया विद्युत् सप्लाई, त्यसमा पनि ठाउँ ठाउँमा विवाद हुँदै आएको छ । त्यस एरियामा काम गरिरहेका कर्मचारीको मोबाइलसमेत स्थानीयले खोसेर अवरोध गरेपछि हामी पनि चुप लागेर बसेका हौँ,” प्रमुख वरनवालले भन्नुभयो ।

अघोषित लोडसेडिङ कम गर्न १३७ जना व्यक्तिसहित ९७ वटा उपकरण पव्रmाउ गरी २५ लाख आठ हजार ५७७ रुपियाँ दण्ड जरिबाना गरिएको छ । स्थानीय पालिकाले टोल टोल र कृषिमा सिँचाइ गर्न खेत खेतमा समेत विद्युत् जडान गरिदिएकाले मिटरबाट विद्युत् बाइपास गर्नेलाई पव्रmाउ गरी छ लाख ५३ हजार ४४ रुपियाँ असुल गरिएको अनियमितता सुधार फाँटका नायब सुब्बा राहुल मण्डलले बताउनुभयो ।

यसै गरी विद्युत् चोरी गर्ने १३७ मानिसबाट १३ लाख १३ हजार ७२३ रुपियाँ र ९७ वटा खेतबाट उपकरण ९मोटर० नियन्त्रणमा लिई पाँच लाख ५१ हजार ८०९ रुपियाँ दण्ड जरिबाना गरिएको छ । हालका दिनसम्म यस वितरण केन्द्रबाट करिब ६६ हजार सेवाग्राहीले सेवा लिँदै आएको प्रशासन फाँट प्रमुख जलन्धरप्रसाद गोढले जानकारी दिनुभयो ।

गौरमा पनि उस्तै समस्या

यसैबिच गौर समाचारदाताका अनुसार विद्युत् प्राधिकरण गौरले बिनासूचना पटक पटक विद्युत् आपूर्ति बन्द गरिदिँदा उपभोक्ता चरम मारमा परेका छन् ।

बढ्दो गर्मीसँगै प्राधिकरणले पूर्वसूचनाबिना लाइन काट्दा जिल्लाको सहरी भेगदेखि ग्रामीण भेगका उपभोक्ता चरम मारमा परेको स्थानीय रामएकवाल साहले बताउनुभयो । स्थानीय हेमचन्द्र झाले भन्नुभयो, “झ्याप झ्याप विद्युत् अवरुद्ध हुने गुनासो उपभोक्ताले गरे पनि विद्युत् प्राधिकरणले कुनै वास्ता गर्दैन । ग्रामीण भेगमा अझ रातभरि नै लाइन अवरुद्ध हुने गरेको छ ।”

सामान्य हावाहुरी तथा पानी पर्नासाथ विद्युत् सेवा अवरुद्ध हुने गरेको अर्का उपभोक्ता रमेश सिंहले बताउनुभयो । उहाँले छिन छिनमा लाइन काट्ने प्राविधिक समस्यालाई समाधान गरी सहज रूपले विद्युत् सेवा प्रदान गर्न विद्युत् प्राधिकरणसँंग आग्रह गर्नुभयो । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८१ बैशाख २६,बुधबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८१ बैशाख २६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद