Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

सात हजार पशुपन्छीको उपचार

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २४,सोमबार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

टीकापुर – कैलालीस्थित रानीजमरा कुुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो ।

आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ मौरनीया, वडा नं ७ दिव्यपुर, जानकी गाउँपालिका वडा नं २ बडरिया, वडा नं ६ जगतपुर र लम्की चुहा ७ चाङ्गावाणीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

टीकापुर–४ मा भएको पशु स्वास्थ्य शिविरमा ९३ गाईभैँसी, चार सय ६८ भेडाबाख्रा, २४ बङ्गुर, एक हजार चार कुखुरा, नौ कुकुरको उपचार गरिएको छ । त्यस्तै टीकापुर–७ मा दिव्यपुरमा भएको शिविरमा ६७ गाईभैँसी, तीन सय ४४ भेडाबाख्रा, १७ बङ्गुर, नौ सय ८३ कुखुराको उपचार गरिएको छ ।

जानकी–२ बडरियामा ६६ गाईभैँसी, छ सय ९३ भेडाबाख्रा, १५ बङ्गुर, दुई सय ७९ कुखुराको उपचार गरिएको छ । जानकी–६ जगतपुरमा एक सय ४९ गाईभैँसी, छ सय ४८ भेडाबाख्रा, ५४ बङ्गुर, एक हजार छ सय ४४ कुखुरा, २४ बिरालोको उपचार गरिएको पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले जानकारी दिए ।

भारतीका अनुसार लम्कीचुहा नगरपालिकाको चाङ्गावाणीमा भएको शिविरमा ७८ गाई भँैसी, तीन सय ५५ भेडा बाख्रा, चार सय ३२ कुखुरा, सात कुकुर बिरालाको उपचार गरिएको हो । “पाँचवटै स्थानमा गरी चार सय ६२ गाईभैँसी, दुई हजार पाँच सय ४२ भेडाबाख्रा, एक सय २२ बङ्गुर, चार हजार तीन सय ४२ कुखुरा हाँस र ४० कुकुर बिरालोको उपचार गरिएको छ”, उनले भने, “पशुपालक किसानलाई गाउँमै सेवा दिने उद्देश्यले उपचारका लागि विकट रहेका वडामा शिविर आयोजना गरेका हौँ । शिविरले किसानलाई धेरै लाभ भएको छ ।”

पाँच दिनसम्म चलेको पशु स्वास्थ्य शिविरमा छ सय २५ किसानले सेवा लिएका हुन् । आयोजनाले ग्रामीण क्षेत्रमा रहेका किसानलाई पशुपन्छीको उपचारमा सहजताका लागि गाउँगाउँमा गएर स्वास्थ्य सेवा दिएको हो । कार्यक्रममा पशु चिकित्सक डाक्टर निराजन चौधरीसहित टीकापुर, लम्कीचुहा र जानकी तीनवटै पालिकाका प्राविधिकले उपचारमा सघाएका हुन् ।

पशु प्राविधिक भारतीले हरेक वडाका वडाध्यक्षसँगको समन्वयमा कार्यक्रम गरिएको, शिविर आयोजना गर्दा जनप्रतिनिधि र बडघरको सहयोगमा गाउँका किसानले स्थानीयस्तरमै सेवा पाएका बताउनुभयो । पशुमा स्वास्थ्य समस्या भएमा टाढा लगेर उपचार गर्नुपर्ने वा निजी एग्रोभेटका प्राविधिक घरमा लैजाँदा खर्चिलो उपचार गर्दै आएका स्थानीय गाउँमै उपचार पाएपछि खुसी भएका छन् । टीकापुर–७ बेलुका किसान फुलराम चौधरीको सपना कृषि फर्म छ । उहाँले गाउँमै पशु स्वास्थ्य शिविर आयोजना भएपछि १० भैँसी र पाँच बाख्राको स्वास्थ्य परीक्षण गरे ।

“समय समयमा यस्ता खाले शिविर आयोजना गर्नुपर्छ । मैले पनि गाउँमै पशुको उपचार सेवा पाउँदा खुसी लागेको छ । पशुपन्छीमा समस्या भए टाढा टीकापुर लैजानुपर्ने समस्या हुन्छ, नभए निजी पशु प्राविधिक घरमै ल्याउनुपर्छ”, उनले भने, “यसरी गर्दा समय र खर्च महँगो हुन्छ । गाउँमै सेवा पाउँदा सबै किसान खुसी भएका छौँ ।” रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८१ बैशाख २४,सोमबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८१ बैशाख २४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद