Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उद्योगको अवस्था बिग्रिएसँगै होटल व्यवसाय डामाडोल भयो – निलम सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २४,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

विरगन्ज — होटल एसोसियसन वीरगन्जका पूर्वउपाध्यक्ष नीलम सिंहले उद्योगको अवस्था खराब भएसँगै होटल व्यवसाय समेत डामाडोल भएको बताएकी छन् । शनिबार कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको दोस्रो सत्र ‘विरगन्जको विरासत’मा सिंहले उद्योग व्यवसायकै कारण होटल व्यवसाय जीवित रहेको बताइन् ।

‘विरगन्जका होटलमा ९० प्रतिशत ग्राहक उद्योग व्यवसायबाटै आउँछन्,’ उनले भनिन्, ‘बाँकी १० प्रतिशत आन्तरिक र बाहृय पर्यटक छन् ।’ होटल खोल्दा नै उद्योग–व्यवसाय मार्फत नै होटल सञ्चालन गर्न सकिनेमा विश्वस्त रहेको समेत उनको भनाइ छ ।

‘उद्योग–व्यवसायबाट नै होटलजस्ता सेवा क्षेत्रमा ग्राहक आइरहेका छन्,’ उनले भनिन्, ‘भारतबाट रक्सोल आउने र फ्लाइटमार्फत काठमाडौं जान्छन्, विरगञ्जबाट सिधै भारत जान्छ, तर यस्ता ग्राहक हामीले पाएका छैनौं ।’

होटल व्ययवसायमा धेरै कमिकमजोरी र जोखिम रहेको भन्दै उनले अवसर शून्य रहेको बताइन । भित्र्याउने पर्यटकभन्दा बाहिर जाने पर्यटक बढी रहेको उनको भनाइ छ । गाइडलाइन, सहयोग र सुविधा पाएको खण्डमा बाह्य पर्यटक भित्र्याउन आँफै लागि पर्ने उनले जनाइन् ।

नेपालभर पर्यटकलक्षित र अन्य गरी २ हजार ४ सय ८४ होटल छन् । त्यसमध्ये १४२ वटा मात्रै तारे होटल छन् । होटल एसोसियसन नेपालमा ३ सय होटल मात्रै आवद्ध छन् ।साभार – इकान्तिपुरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० चैत्र २४,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० चैत्र २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद