Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

(एसईई) परीक्षामा अनियमितता गर्ने ३० जना परीक्षार्थी, चार निरीक्षक कारबाहीमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २१,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बर्दीबास, चैत २१ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनियमितता गर्ने ३० जना परीक्षार्थी, चार निरीक्षक र एक जना परीक्षा सहायकमाथि परीक्षा अनुगमन टोलीले कारबाही गरेको छ । अनुगमन टोलीले परीक्षा केन्द्रबाट ९३ थान मोबाइलसमेत नियन्त्रणमा लिएको छ ।

यो वर्ष महोत्तरीका ३२ परीक्षा केन्द्रबाट नौ हजार ४३१ जना एसइईमा सहभागी छन् । परीक्षालाई स्वच्छ र मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र शिक्षा विकाश तथा समन्वय एकाइ प्रमुखको नेतृत्वमा रहेको छुट्टाछुट्टै टोलीले हरेक केन्द्र र परीक्षाकोठामै पुगेर अनुगमन गर्दै आएको छ । यसको अलावा इलाका प्रशासन र स्थानीय सुरक्षा प्रमुखले पनि आफ्ना क्षेत्रका केन्द्रमा अनुगमनलाई निरन्तरता दिएका छन् ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल नेतृत्वको अनुगमन टोलीले मटिहानी, पिपरा र रतौली केन्द्रबाट विज्ञान विषयको चिट र गाइडसहित फेला परेका २८ जना परीक्षार्थीको उत्तरपुस्तिका नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ । तथापि उनीहरूको परीक्षा भने रद्द नगरिएको प्रजिअ गेलालले बताउनुभयो ।

गेलालले भन्नुभयो, “अमर्यादित कार्य गरेको पाइएपछि उत्तरपुस्तिका मात्र नियन्त्रणमा लिई विज्ञान विषयको परीक्षाबाट वञ्चित गरिएको हो ।” प्रजिअ गेलालकै अनुगमन टोलीले पिपरा केन्द्रबाट एक जना परीक्षा सहायकमाथि पनि कारबाही गरी बाँकी परीक्षामा बस्न नपाउने गरी निष्कासन गरेको छ ।

त्यस्तै सहायक प्रजिअ उपेन्द्र न्यौपानेको अनुगमन टोलीले मोबाइलसहित फेला परेका दुई जना विद्यार्थीको परीक्षा रद्द गरेको छ । अनुगमनका क्रममा राम मावि मटिहानी र खखना केन्द्रका दुई जना परीक्षार्थीले मोबाइलबाट प्रश्नपत्र आउट गरेकाले दुवै जनामाथि कारबाही गरिएको न्यौपानेले जनाउनुभयो ।

परीक्षामा मोबाइल बोक्न र प्रयोग गर्न निषेध गरिए पनि त्यसको उल्लङ्घन गर्दै दुवै परीक्षार्थीले मोबाइल बोकेको र जाँच गर्दा प्रश्नपत्रको फोटो खिची ह्वाट्सएपबाट आउट गरेको फेला परेपछि कारबाही गरिएको उहाँले बताउनुभयो । त्यस्तै न्यौपानेकै अनुगमन टोलीले सुकदेव मावि सुगा केन्द्र, जलेश्वरस्थित कन्या मावि केन्द्र, खयरमारा र खखना केन्द्रबाट परीक्षामा मर्यादापालन नगराएको पाइएपछि चार जना निरीक्षकलाई निष्कासन गरेको छ ।

यस पटकको एसइईमा मोबाइलको दुरुपयोग अप्रत्याशित रूपमा बढेको अनुगमन टोलीले जनाएको छ । परीक्षामा केन्द्राध्यक्षबाहेक अरूलाई मोबाइल बोक्न र प्रयोग गर्न निषेध गरिएको छ तर नियमको उल्लङघन गर्दै परीक्षा कोठामा लगेका ९३ थान मोबाइल बरामद भएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख प्रतिभा साहले बताउनुभयो । अनुगमनका क्रममा शङ्कास्पद परीक्षार्थीको तलासी लिँदा ती मोबाइल बरामद भएका हुन् ।

मङ्गलबार सम्पन्न विज्ञान विषयको परीक्षाको अनुगमनका क्रममा प्रजिअ गेलाल नेतृत्वको टोलीले मटिहानी, पिपरा र रतौली केन्द्रबाट २२ थान र एकाइ प्रमुख साह नेतृत्वको टोलीले भ्रमरपुरा, रतौली र महोत्तरी केन्द्रबाट आठ गरी ३० थान मोबाइल नियन्त्रणमा लिएको छ ।

यसअघिका अङ्ग्रेजी, नेपाली र गणित विषयका परीक्षाबाट ६३ थान मोबाइल बरामद गरेको प्रजिअ गेलालले बताउनुभयो । “सबै मिलाएर अहिलेसम्म ९३ थान मोबाइल सेट बरामद भएको छ,” प्रजिअले भन्नुभयो । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० चैत्र २१,बुधबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० चैत्र २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद