Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

हाम्रो सहाराले बेसहारा बनाएर फरार, बचतकर्ता प्रहरीमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १९,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ लिंकरोडमा रहेको हाम्रो सहारा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द भएपछि सञ्चालकलाई पक्राउको माग राख्दै बचतकर्ता जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका छन्।

केही साता अघिबाट सोही सहकारी संस्थाको सञ्चालक सम्पर्कविहीन भएर कार्यालय बन्द गरेपछि बचतकर्ता गत शुक्रबार सञ्चालकलाई पक्राउको माग राख्दै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका हुन्।

सहकारीमा जम्मा गरेको रकम लिन पुग्दा कार्यालय बन्द भएर सञ्चालक फरार भएपछि सञ्चालकलाई पक्राउ गर्न र बचत गरेको रकम फिर्ता गराउन जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको बचतकर्ता देवनारायण साहले बताए।

वीरगन्ज महानगरपालिका– ३० लालपर्सानिवासी बचतकर्ता साहले गत ०७५ माघ २३ मा पाँच वर्ष पुगेको दिन पाउने गरी एक लाख रुपैयाँ फिक्स डिपोजिट गरेका थिए। सो रकम गत २४ माघमा लिने गरी सहकारी संस्थाको कार्यालयमा पुग्दा गेटमा तालाबन्दी भएको देखेपछि प्रहरीमा आएको बताए।

विगत एक महिनादेखि फिक्स डिपोजिट गरेको रकम लिन एजेन्ट रामबालक महतोलाई सम्पर्क गर्दा उनी फोन सम्पर्कमा नआएको बताए। एजेन्ट महतो सम्पर्कविहीन भएपछि कार्यालयमा पुग्दा संस्थामा एकजना पनि नरहेको र कार्यालयको गेटमा ताला झुन्डिएको उनले बताए।

बचतकर्ता साहले सहकारीका सञ्चालकलाई रकम ठगी गरेको भन्दै पक्राउ गरी कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए।

यस्तै अर्का पिडित बाराको जितपुरका बब्लु अन्सारीपनि सोमबार वीरगन्जस्थति सहकारीको कार्यालयमा पुगेका थिए ।उनलेपनि उक्त सहकारीमा ९० हजार रुपैयाँ बचत गरेका छन् ।

तर सोमबार बिहान सहकारीको कार्यालयमा पुग्दा मेनगेटमै ताल्चा लगाइएको देखेपछि फर्किदै गरेको अवस्थामा भेटिएका अन्सारीले भने,ञ दैनिक ५०र१०० गरी तीन वटा खातामा रकम जम्मा गर्दै आएको थियो। ९० हजार भन्दा बढी नै रकम पुगिसकेको छ।पैसा झिक्न जाँदा त अफिसमा ताल्चा पो झुन्डिएको देखे।झ

पासबुकमा लेखिएको सहकारीको कार्यालयको टेलिफोन र अध्यक्ष रामजी मुखियाको मोबाइल नम्बर दुवैमा फोन गर्दा फोन नउठेकाले अब आँफुलेपनि प्रहरीमा उजुरी दिने उनले बताए ।

पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले सहकारीका सञ्चालक सम्पर्कमा नरहेकाले पक्राउ गरी बचतकर्ताको रकम उपलब्ध गराउन निवेदन आएको बताए।

उनले सहकारीका सञ्चालकलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको, तर अहिलेसम्म केही थाहा नभएको बताए। सो सहकारीबारे प्रहरीको उजुरी शाखाले हेरिरहेकाले थप कुरा बुझ्ने शाखामा सम्पर्क गर्न प्रहरी नायब उपरीक्षक थापाले बताए।

यसबारे प्रतिकृया लिन सहकारीका सञ्चालक समितिका अध्यक्ष रामजी मुखियासँग उनको मोबाइलमा सम्पर्क गर्न खोदा सम्पर्क भएन। मधेसखबरबाट साभार

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० चैत्र १९,सोमबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० चैत्र १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद