Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सुरक्षित मानिएको सडकमा दैनिक दुर्घटना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १९,सोमबार
A A
file photo

file photo

1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

ढल्केबर, चैत १९ गते। मधेश प्रदेशअन्तर्गत पर्ने सडक मार्गमध्ये धनुषाको ढल्केबर–जनकपुर सडकखण्ड सवारी सञ्चालनका लागि सबैभन्दा सुरक्षित मानिन्छ। फराकिलो सडक, आवतजावत गर्न छुट्टाछुट्टै लेन र सडक सुरक्षाका लागि सडकको दुवै भागमा रेलिङ्ग निर्माण गरिएको छ। सडकमा मानिस र चौपायाको अनावश्यक प्रवेश रोक्न र दुर्घटना न्यूनीकरण गर्न रेलिङ्ग निर्माण गरिएको छ।

छ लेनको सडकमा तीन लेन जान र तीन लेन आउनका लागि छुट्टयाइएको छ। सडकको बिचमा डाइभर्सन निर्माण गरिएको छ भने गाडी फर्काउनका लागि ठाउँठाउँमा घुमाउने ठाउँ छोडिएको छ। त्यसका बाबजुद पनि ढल्केबर–जनकपुर सडकखण्डमा सवारी दुर्घटनामा कमी आउन सकेको छैन।

प्रहरीका अनुसार सो मार्गमा एक साताको अवधिमा तीन वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सबै दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीको भनाइ छ।

छुट्टाछुट्टै सडक लेन भएकाले विपरीत दिशाबाट आउने गाडीसँग ठोक्किन सम्भावना न्यून भएकाले यस मार्गमा चालकले तीव्र गतिमा सवारी गुडाउने गरेका छन्। जसले गर्दा सवारीको सन्तुलन बिग्रेर दुर्घटना हुने गरेको स्थानीय विनोद महतोको बुझाइ छ। उहाँका अनुसार तीव्र गतिका कारण अचानक अगाडि आइपुग्ने अर्को सवारी, मानिस तथा चौपायालाई जोगाउन चालकले सवारी नियन्त्रणमा लिन सक्दैनन् र दुर्घटनामा पर्ने गरेका छन्।

सवारी चलाउनका लागि सुरक्षित मानिएको सडकमा चालकको गल्तीले दुर्घटना हुने गरेको महेन्द्रनगरका कामेश्वर साहको भनाइ छ। सडकभित्र मानिसको अनावश्यक प्रवेश रोक्न रेलिङ्ग लगाए पनि नाघेर जाने, सडक वारपार गर्दा दायाँबायाँ नहेरी बाटो काट्ने, गलत दिशाबाट सवारी गुडाउने र सडक नियमको पालना नगर्ने जस्ता कारणले दुर्घटना बढेको उहाँले बताउनुभयो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्याङ्क अनुसार जिल्लामा २०८० साउन १ गतेदेखि फागुन मसान्तसम्ममा सवारी दुर्घटनाबाट ५२ जनाको मृत्यु भएको छ भने २९२ जना घाइते भएका छन्। जसमध्ये अधिकांश दुर्घटना चालकको लापरबाही भएको देखिएको छ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र सवारी जाँचमा कडाइ गरिए पनि ट्राफिक नियमको पालना र चालकको लापरबाहीले दुर्घटना न्यूनीकरणमा चुनौती थपिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक शेखर साहले बताउनुभयो।

उहाँले दुर्घटना न्यूनीकरण गर्न सवारी जाँचमा कडाइ गरेपछि १८ हजार ९७८ वटा सवारीलाई कारबाही गरिएको जानकारी दिनुभयो। उहाँले सवारी कारबाहीबाट एक करोड ४५ लाख २४ हजार राजस्वसमेत सङ्कलन गरिएको बताउनुभयो।

ढल्केबर–जनकपुर सडकखण्डलाई स्तरोन्नति गरी छ लेनको सडक निर्माण गरिएको छ। २०७४ सालदेखि सुरु गरिएको सडक निर्माणको काम सम्पन्न भइसकेको छ भने सपही, पिडारी चोक, रामानान्द चोक र जिरोमाइललगायतका स्थानमा रेलिङ्ग, पोल र नालासहितका कामहरु केही बाँकी छ। सभार गोरखापत्र अनलाइन
यो समाचार पत्रकार विजयकुमार साह गोरखापत्र अनलाइन लेखनु भएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० चैत्र १९,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० चैत्र १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद