बारा,१६फाल्गु बारामा प्रहरीले लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको आदर्श कोतवाल गाँउपालिका वडा नंबर ३ बतराका २७ बर्षिय सरोज कुमार गिरी, रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नंबर ३ मेवाका ५० बर्षिय रामानन्द साह र त्यहि ठाउँका ४५ बर्षिय चुलाई महरा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नंबर ४ गंगानगरबाट १५ किलो लागु औषध गाँजासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले वताए ।
बारागढीबाट भारत तर्फ जाँदै गरेको ना ३८ प १४११ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर जाँच गर्दा मोटरसाइकलमा सवार उनिहरु गाँजासहित पक्राउ परेका हुन्।
पक्राउ परेका तीनै जना विरुद्ध लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।



