Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेस सरकारको घोषणा अलपत्र ,ठोरीमा पर्यटकीय क्षेत्र बनाउने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१०फाल्गुनस्पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरी मधेस सरकारले प्याकेजस्वरुप दिने भनिएको १० करोड रुपैयाँ दुई वर्षसम्म पनि दिएको छैन । घोषणापछि प्याकेजबाट प्राप्त हुने रकमले ठोरीको पर्यटन क्षेत्रको कायापलटनै गर्ने भनेर आशावादी रहेका ठोरीबासी अहिले निराश छन् ।

तत्कालीन मधेस सरकारको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको थियो भने उक्त निर्णय घोषणा सभामार्फत् सार्वजनिक समेत गरिएको थियो ।

स्थानीय युवा रन्जित थापा मधेस प्रदेश सरकारले ठोरीबासीलाई ढाँटेको आरोप लगाउँछन् । ‘ठोरीमै तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मन्त्रिपरिषदको बैठक बसाएर ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय र त्यसपछि घोषणा सभा गरेर ठोरीलाई प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेर १० करोड रुपैयाँको प्याकेज दिने घोषणा समेत गरिएको थियो,’ उनले भने, ‘तर २ वर्ष बितिसक्दा पनि घोषित १० करोड रुपैयाँको प्याकेजमध्ये १ रुपैयाँ पनि नदिनु ठोरीसंगको ठूलो धोका हो ।’

अर्का स्थानीय प्रकाश खनाल घोषणा गरिएको प्याकेज हालसम्म ठोरीले नपाउनु ठोरीकै दुर्भाग्य रहेको बताउँछन् । ‘हुलाकी सडक निर्माणसँगै ठोरीमा पर्यटन गतिविधि बढ्दो छ, यस्तो स्थितिमा ठोरीमा थप पर्यटकीयस्थलको विकास गरी यहाँ पर्यटकको आगमन झनै बढाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘तर प्रदेश सरकारको घोषणा पनि प्याकेज गायब भए जस्तै गायब भएर गयो ।’

पर्सा र चितवन राष्ट्रिय निकुन्ज मात्र नभई भारतको बाल्मिकी टाइगर रिजर्भले समेत गरी ३ तिरबाट ३ निकुन्जले घेरिएको ठोरीलाई केवल पर्यटकीयस्थल मात्र नभई वन्जयन्तु पर्यटकियस्थल घोषणा गरेर काम अघि बढाइए त्यसको लाभ ठोरीले छिटो पाउने सम्भावना रहेको खनाल औल्याउँछन् ।

‘नजिकै रहेको सौराहामा विश्वभरीका पर्यटक वन्यजन्तु हेर्नका लागि ओइरिन्छन्,’ उनले भने, ‘ठोरीमा झनै बढी वन्यजन्तु पर्यटनको सम्भावना छ ।’ ठोरीमा प्रदेश सरकारको मन्त्री परिषदको बैठक तथा पर्यटकीय क्षेत्र घोषणा सभा आयोजनामा सहजीकरण गरेका ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पिएल श्रेष्ठले स्थानीय तहको निर्वाचन अघि घोषणा सभा भएको र त्यस लगत्तै चुनाव भएपछि आफूले यस बिषयमा केही जानकारी नपाएको बताए ।

‘चुनाव भएपछि मैले चुनाव हारें, मुख्यमन्त्री फेरिनु भयो, मैले पटक पटक १० करोडको प्याकेजको कुरा आफ्नोस्तरबाट ठाउ ठाउमा उठाई रहे तर त्यो हराएर गयो,’ उनले भने, ‘बरु मधेस प्रदेश सरकारकी पर्यटन मन्त्री सुनिता यादवले यस पटक बजेटमा ठोरी २ र ५ मा होमस्टे तथा बाघ मोर्चा मन्दिर पुर्ननिर्माणका लागि २०र२० लाख गरी ६० लाख रुपैयाँ विनियोजन गरी दिनु भएको छ, १० करोडको प्याकेज बारे अब कतै कुनै चर्चानै छैन ।’

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरी पर्यटकीय क्षेत्र घोषणा केवल औपचारिकताका लागि मात्रै गरिएको कार्यक्रम साबित भएको बताए । ‘१० करोडको प्याकेजको घोषणा त भयो, तर १ लाख पनि आएन,’ उनले भने, ‘हामीले पटक पटक ताकेता र डेलिगेशन दिने काम गरी रहेका छौं, तर मन्त्री परिषदको निर्णय र घोषणा सभाको घोषणा पनि कार्यान्वयन भएन ।’

आफूले निवर्तनमान मुख्यमन्त्री लालबाबु राउत र वर्तमान मुख्य मन्त्री सरोज कुमार यादवलाई भेटेर पटक पटक घोषित रकम निकासा गरेर ठोरीको पर्यटन विकासका लागि आग्रह गर्दा पनि घोषित रकम निकासा नभएको उनले बताए ।साभारस्कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद