Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिक्षक यादवको कुटपिटबाट विद्यार्थी प्रितम साह घाइते, यादव शिक्षक प्रहरी हिरासतमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २४,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२४पुष– वीरगन्जको एक निजी विद्यालयमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगन्ज महानगरपालिकाको वडा नंबर १९ मा रहेको गोल्डेन गल्ब बोर्डिङ्ग स्कुलका शिक्षक शशी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो

शिक्षक यादवको कुटपिटबाट गोल्डेन गल्ब स्कुलको कक्षा ३ मा अध्ययनरत विद्यार्थी १२ बर्षिय प्रितम साह घाइते भएका छन् । घाइते प्रितमको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको आँखा र शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको छ ।

विद्यालयमा दुई दिन अनुपस्थित किन भएको भन्दै शिक्षक यादवले पाइपले कुटपिट गरेको घाइते बालिका प्रितमले वताए । उनले भने “म विद्यालयमा बिरामी भएर दुई दिन अनुपस्थित थिए, सरले विद्यालयमा किन नआएको भन्दै चौथो घण्टीमा पाइपले जोड जोडले हान्नु भयो ।”

शिक्षक यादवको कुटपिटबाट दिउँसो १ बजे घाइते भएका प्रितम अपरान्ह ४ बजे घर पुगेपछि मात्र घटना बारे थाहा भएको घाइते विद्यार्थीका काका मुकेश साहले बताए । त्यसपछि घाइते विद्यार्थीको उपचार गराउन नारायणी अस्पताल पुगेका उनले कुटपिट गर्ने शिक्षक र स्कुल विरुद्ध प्रहरीमा उजुरी दिने बताए ।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक यादव प्रहरीको नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीका प्रहरी सहायक निरिक्षक ९असई० रामबाबु गुप्ताले वताए । शिक्षक यादवलाई प्रहरी पोष्ट बिन्दवासिनीको नियन्त्रणमा राखेर घटना बारे अनुसन्धान भइरहेको असई गुप्ताले जानकारी दिए ।साभार– कालिकाटाईम्स

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० पुष २४,मंगलवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० पुष २४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद