Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रहरीले व्यापारीलाई दुःख दिँदैछ, तस्कारलाई छुट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १९,बिहीबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

१९ पुस,वीरगञ्ज । मधेश प्रदेशमा सुरक्षाकर्मीहरुले खुद्रासहित विभिन्न खाले सामान पक्राउ गरेर व्यापारीलाई नियतवश दुःख दिने गरेको घटना उजागर भएको छ ।
बिल विजक भन्दा बढी, शंकास्पद तथा चोरी पैठारीको नाममा सुरक्षाकर्मीले जबरजस्ती माल सामान पक्राउ गरेर व्यवसायीलाई दुःख दिने गरेको तथ्य फेला परेको हो ।

मधेश प्रदेश प्रहरीले पक्राउ गरेर राजस्वमा बुझाउने अधिकांश माल÷सामानमा कुनै कमजोरी नभेटिने गरेको राजस्व कार्यालयले जनाएको छ ।
त्यसका केही यस्ता ज्वलन्त उदाहरण छन्, एकपटक ती उदाहरण हेरौं ।
उदाहरण नम्बर १
यही कार्तिक २१ पर्सा प्रहरीले ना ३ ख ६९९ नम्बरको ट्रकबाट साढे १७ लाख मुल्य बराबरको खुद्रा सामान पक्राउ ग¥यो । बीरगञ्जको गण्डकबाट बिल विजक भन्दा बढी सामान रहेको आरोपमा पर्सा प्रहरीले उक्त ट्रक पक्राउ गरी थप अनुसन्धानको लागि राजस्व कार्यालयमा बुझायो ।
राजस्व कार्यालय ती ट्रकको सबै जाँच गर्दा कुनै गल्ती वा कमजोरी नभेटिएको जनायो । ती ट्रकमा कुनै कैफियत नभएकोले बिना जरिवाना नै राजस्व कार्यालयले छोड्नु प¥यो ।
उदाहरण नम्बर २
यो घटनाको ठीक २ दिन अगाडि पनि पर्सा प्रहरीले फेरि बिल बिजक भन्दा बढी सामान रहेको भन्दै नगवापोखरीबाट ना ३ ख ९३२ नम्बरको एउटा ट्रक नियन्त्रणमा लियो । २४ लाख भन्दा बढीको सामानसहित पक्राउ गरेको उक्त ट्रकलाई कारबाहीको लागि राजस्व कार्यालयमा पठायो । तर उक्त ट्रकमा पनि राजस्वको जाँच टोलीले कुनै गल्ती नभेटिएपछि पुनः विना जरिवाना नै छोड्नु पर्‍यो ।
बिल विजक भन्दा बढी, शंकास्पद तथा चोरी पैठारी सामान बरामद गर्ने कार्यमा पर्सा प्रहरी मात्र होइन, जबरजस्ती सामान पक्राउ गरेर बुझाउने सूचिमा मधेश प्रदेशका अन्य जिल्लाका प्रहरी युनिटहरु पनि छन् । अर्थात् मधेश प्रदेशका अधिकांश जिल्लाका सुरक्षा निकायले जबरजस्ती सामान पक्राउ गरेर राजस्व कार्यालयमा बुझाउने गरेको घटनाक्रमले पुष्टि गरिरहेको छ ।
राजस्वमा कति मुद्दा दर्ता
व्यापारीमाथि प्रहरीको ज्यादतीको सूची लामै छ । पछिल्लो तीन महिनाको तथ्यांकमा मधेश प्रहरीले ८१ वटा मुद्दा राजस्व कार्यालय दर्ता गराएको तथ्यांक छ । यो तथ्यांकमा मधेश प्रदेशसहित मकवानपुर प्रहरीको नाम पनि दर्ज छ । यो अवधिमा मधेश प्रदेश प्रहरीबाट बुझाइएकामध्ये जम्मा ७ वाट मुद्दामा जरिवाना भएको राजस्व कार्यालयको तथ्यांकछ, त्यो पनि भिसीटिएस उल्लंघन गरेकोले । बाँकी ७४ वटा दर्ता मुद्दामा बिना जरिवाना नै छोडिएको राजस्वको कार्यालय पथलैयाले जनाएको छ ।
प्रहरीको जबरजस्ती छ – राजस्व अनुसन्धान कार्यालय
यसरी मधेश प्रदेशमा सुरक्षाकर्मीले राजस्व कार्यालयमा बुझाउने गरेको अधिकांश शंकास्पद माल सामान बिना जरिवाना नै छोड्नुपर्ने बाध्यता रहेको राजस्व अनुसन्धान कार्यालयको भनाई छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेम देवकोटाले प्रहरीले बुझाउने गरेको अधिकांश मालबाहक ट्रक,पिकअपसहितका गाडी कागजीरुपमा द्रुस्त रहेको पाउने गरिएको बताए ।
उनका अनुसार प्रहरीले बुझाउने राजस्व कार्यालयमा दर्ता गराउने मुद्दामध्ये करिब ८५ प्रतिशतमा कुनै गल्ती नहुने गरेको छ । राजस्वमा बुझाइएका अधिकांश सामान कागजीरुपमा पोख्त नै पाइएको राजस्व कार्यालय पथलैया प्रमुख देवकोटाको भनाइ छ । त्यसकारण बिना जरिवाना छोड्नुपर्ने बाध्यता रहेको छ,’उनले भने ।
बारा, पर्सासहित तराइका जिल्लाहरुमा मालबाहक ट्रक, पिकअपसहितका सवारीसाधन पक्राउ गर्ने प्रहरीमा होडबाजी चलिरहेको व्यापारीहरुको गुनासो छ । त्यही होडबाजीका कारण प्रहरीबाट व्यापारीहरुलाई नियतवश दुःख दिने काम भइरहेको उनीहरुको भनाइ छ ।सभार रेसखबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८० पुष १९,बिहीबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० पुष १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद