वीरगञ्ज । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जनालाई सदस्यमा चयन गरिएको छ ।
बिहीबार नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विधानअनुसार ३९ जनालाई सदस्यहरुको मनोनयन गरेका हुन् । विभागको प्रमुखमा भने यसअघि नै देउवाले मीन बहादुर विश्वकर्मालाई मनोनीत गरेका थिए ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विभागको सदस्यमा पर्सा जिल्लाबाट नेतृ रम्भा मिश्रा चयन भएकी छन् । स्थानीय तह, २०७९ को निर्वाचन पश्चात नेपाली कांग्रेस प्रवेश गरेकी मिश्रालाई सभापति देउवाले सूचना, सञ्चार तथा प्रभार विभागको सदस्यमा चयन गरेका हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस