वीरगञ्ज,०३ जेठ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल प्रेस युनियन पर्साको १० औं जिल्ला अधिवेशनको उद्घाट सत्र शुरु भएको छ । युनियन पर्साको अध्यक्ष रामनारायण प्रसाद कुर्मीको अध्यक्षता एवं नेपाल सरकारका उद्योग तथा वाणिज्य आपुर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा उद्घाटनसत्र शुरु भएको हो ।
कार्यक्रममा नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष तिर्थ यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, वीरगंजका उपमेयर ईम्तियाज आलम, मधेश प्रदेशका प्रदेश सभासद श्याम पटेल, नेपाली काँग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जर्नादन सिंह क्षेत्री, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण युनियनका सचिव किसोर सिंहले गरेका थिए । उद्घाटन सत्रपछि बन्द सत्रले आजै नयाँ नेतृत्व छनौन गर्ने युनियन पर्साले जनाएको छ ।