Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ठोरीमा नेपाल दलित मुक्ति मोर्चा कार्यसमिति गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ८ बैशाख । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय सङ्गठन नेपाल दलित मुक्ति मोर्चाको ठोरी गाउँ कार्यसमिति गठन भएको छ । आज ठोरी-४ बिशालचोकमा भएको भेलाले अध्यक्षमा गगन सुनारलाई सर्वसम्मत चयन गरेको हो ।

मोर्चाको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल दलित मुक्ति मोर्चा, मधेस प्रदेशका संयोजक लवकुश बैठाले दलितहरुको हकहित र अधिकारलाई संविधानमा लेखाउन सफल माओवादी कै कारण सम्भव भएको बताउनुभयो । दलित शब्द प्रती अपहेलित महशुस नगर्न अनुरोध गर्दै बैठाले विगतका दिनहरुमा भएका आन्दोलन बाट जन्मेको शब्द हो दलित । नेकपा (माओवादी केन्द्र) ठोरीका अध्यक्ष सुर्य लामा, नेकपा (माओवादी केन्द्र) ठोरीका उपाध्यक्ष रोशन सुनुवार, ठोरी-४ वडाकमिटीका अध्यक्ष सागर लामा लगायतले मन्तव्य राखेका थिए ।

गगन सुनारको अध्यक्षतामा गठन भएको नेपाल दलित मुक्ति मोर्चा ठोरी कार्यसमितिको उपाध्यक्षमा विष्णु माया बिश्वकर्मा, प्रेम बहादुर बिश्वकर्मा, रकि बिश्वकर्मा, सचिवमा वीर बहादुर गन्धर्व, सहसचिवमा सुर्य बहादुर बिश्वकर्मा, कोषाध्यक्षमा रिता बिश्वकर्मा लगायत ३९ सदस्यीय समिति गठन गरेको नेकपा माओवादी केन्द्र ठोरीका इन्चार्ज हरि सुनारले बताए ।

भेलामा नेकपा (माओवादी केन्द्र) ठोरीका सचीव बुद्ध लामा, वाइसीएल नेपाल ठोरीका अध्यक्ष सुरेन्द्र लामा, ठोरी गाउँ कमिटी सदस्य बुद्ध लाल पाख्रीन तथा स्थानीयको उपस्थितिमा वीर बहादुर गन्धर्वको सहजीकरण र विष्णु माया विश्वकर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद