वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउन आफूले उम्मेदवारी दिएको बताए ।
उनले भने, ‘मधेसमा मात्रै हैन देशभर कुशासन छ, त्यति राम्रो शिक्षा छैन, मतदाताले राम्रो शिक्षा पाएका छैनन् । सुरक्षा छैन । म बारा क्षेत्र नं २ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्ने छु । र सम्पूर्ण देशमा यसैमा नीति बनाएर २ करोड ९२ लाख नेपालीलाई राहत दिनका लागि मेरो उम्मेदवारी हो ।’
उनले असल खराब छुट्याउने जिम्मा आम मतदातालाई नै दिएको भन्दै विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरे ।
कति हजार मत ल्याउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘तपाईहरु अचम्ममा पर्नुहुन्छ।’