Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पद र जिम्मेवारी पाएपछि काम गर्न कठिनाई– गा.पा अध्यक्ष जयसवाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवालले अहिले विगतमा बाँकी रहेका अधुरा विकासका काममा मात्र आफु केन्द्रित रहेको बताउनुभयो ।
‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जनप्रतिनिधिलाई जवाफदेहिता बनाउन हाम्रो अभियान, पर्साले बाराको प्रसौनीमा आयोजना गरेको तन्नेरीसँग मेयर कार्यक्रममा उहाँले आफु पालिकाको अध्यक्ष भएपछि अहिलेसम्म पुरानै योजनाका बाँकी रहेका काममा अल्झिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष जयसवालले चुनावताका जनताका अपेक्षा र चाहना अनुरुप आफु विभिन्न वाचा गरेपनि पद र जिम्मेवारी पाएपछि काम गर्न कठिनाई भएको बताउनुभयो । चुनावताका आफु जनतालाई वाचा गरे अनुसारको योजना बनाउन बहुमत नपुग्ने गरेको कुरा औल्याउनुभयो । बहुमत अपुगको कारण गाउँसभा गर्न दुई महिना ढिला भएको बताउँदै धेरै योजना अलपत्र परेको उहाँले बताउनुभयो ।

अध्यक्ष जयसवालले आफु अहिले भौतिक विकासको काम अग्रसर रहेको बताउनुभयो । जनतालाई नाला र दलित आवासको ठुलो समस्या रहेको भन्दै यसको समाधानका निम्ति आफ् तल्लिन भएर काम गरिरहेको दाबी गर्नुभयो ।

यस्तै वडा नम्बर ७ बलुवामा विद्यायलको अवश्यकता रहेको भन्दै त्यहाँ चाँडै नै विद्यालय संचालन गर्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो । वडा नम्बर ७ का बालबालिकाहरु टाँढाटाँढा गएर पठनपाठन गर्ने समस्यालाई अन्त्य गर्दै विद्यालय संचालनको प्रक्रियामा आफु लागेको बताउनुभयो ।

स्थानिय युवाहरुको रोजगारका लागी पालिकाले निशुल्क लोकसेवा कक्षा प्रथम पत्रको लागी संचालन गरेको र अब दोश्रो र तेश्रो पत्रको लागी संचालनको तयारीमा जुटेको गाउँपालिका अध्यक्ष जयसवालले बताउनुभयो । स्थानिय युवाहरु पढेर रोजगारका निम्ति वीरगंज, कलैया धाउँने गरेको समस्यालाई आफुले दृष्टिगत गर्दै निशुल्क लोकसेवा कक्षा संचालनमा ल्याएको बताउनुभयो । यस कक्षाबाट अध्यन गरेर यहाँका स्थानिय विद्यार्थी भाईबहिनीहरु रोजगार पाउँछन् भन्ने कुरामा आफु विश्वस्त रहेको औल्याउनुभयो ।

यस्तै स्थानियहरुको रोजगारीका निम्ति यसपालिका भित्र रहेका ४२ वटा उद्योगहरुमा आफ् पालिकाका स्थानियहरुलाई ग्रह्याता दिएर रोजगारीको व्यवस्था मिलाउन पहल गरिरहेको बताउनुभयो ।

अध्यक्ष जयसवालले पालिकालाई खेलमा चिनाउनका निम्ति युवाखेलाडीहरुलाई प्रत्साहन स्वरुप खेल सामाग्री बाँडिएको बताउनुभयो । गाउँपालिकाले खेलाडी उत्पादन गर्ने उदेश्यका साथ पालिका स्तरिय टुर्नामेन्टको आयोजना गर्न लागेको बताउनुभयो ।

कृषिको क्षेत्रमा कृषकहरुका लागी निशुल्क मिटर जडानमा २० प्रतिशतको सहयोग गरेको उहाँले बताउनुभयो । पालिकामा विधुत प्रवाह गर्ने बारा र पर्साको विधुत प्राधिकरणहरुसँग सहकार्य गरेर कृषकहरुको विधुत महशुलमा २० प्रतिशत रकम पालिकाले तिरिरहेको बताउनुभयो ।

चुनावताका घोषणाा पत्रमा उल्लेखित पिकनिक निर्माणका कामको अवस्था बारेको प्रश्नमा अध्यक्ष जयसवालले भन्नुभयो पालिका अन्तर्गत पिकनिक पार्क निमार्ण योजना रहेको र यसमा पनि आफ्हरुको अध्यन तथा छालफल भईरहेको छ, चाँडै नै यस योजनामा पनि काम गर्नेछौं ।

हाम्रो अभियानका शिवनाथ यादवले सहजिकरण गरेको कार्यक्रममा उपस्थित तन्नेरीहरुले प्रसौनी गाउँपालिकाले अध्यक्ष पाएको करिब ९ महिनामा गरेका राम्रा कामहरु के–के हुन् रु स्थानिय युवाहरुको रोजगारका निम्ति पालिकाले के गर्दैछ रु शिक्षा सुधारका लागी पालिकाको के कस्तो योजना छ रु लगायतका प्रश्न गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद