Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास हुँदैनु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १२,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संविधान सभा सदस्य विपी यादवले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताउनु भएको छ ।
आइतबार काठमाडौंमा राष्ट्रिय एकता अभियानले आयोजना ुनेपालप्रति चिनियाँ अभ्यास र असरु विषयक विचार(गोष्ठीमा बोल्दै उहाँले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो,ुकहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतको काम गरिरहेको छ।ु
उहाँले चीनको विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने दोहर्‍याउनु भयो ।
त्यस्तै गोष्ठीमा सहभागी विश्लेषक बुद्ध छोरिंग लामाले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाउनु भयो।
उहाँले भन्नुभयो,ुचीनले नेपाललाई श्रीलंका बनाउनु खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ।ु
त्यसैगरी वरिष्ठ अधिवक्ता अवधेश सिंहले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो,ुचीनको विस्तारवादी नीतिलाई रोक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन।ु
त्यस्तै अर्का सहभागी सीताराम अग्रवालले चीनले पछिल्लो समय नेपालको भूभाग पनि मिचेको समाचार पत्र पत्रिकामा पढिरहेको बताउनु भयो । उहाँले चिनियाँ नागरिक नेपालमा अवैध गति गरेको देशको सुरक्षा नै खतरामा परेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा सहभागी अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, शहीद परिवारका सदस्य एवं प्रधानमंत्री सचिवालय सदस्य बबिता ठाकुर, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दहाल लगायतले चीनको विस्तारवादी नीतिलाई जरैदेखि फाल्नु पर्नेमा जोड दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०७९ चैत्र १२,आईतवार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०७९ चैत्र १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद