Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

वैशाख १० गते नै चितवन, तनहुँ र बारामा एकसाथ उपनिर्वाचन गर्ने आयोगको तयारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ५,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको रिक्त रहेका ३ निर्वाचन क्षेत्रमा एकसाथ उपनिर्वाचन गर्ने आन्तरिक तयारी थालेको छ । राष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको तनहुँ क्षेत्र नम्बर १, उपराष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको बारा क्षेत्र नम्बर २ का लागि सोमबार निर्वाचन कार्यक्रम घोषणा गर्ने आयोगको तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणका कारण चितवन क्षेत्र नम्बर २ रिक्त बनेपछि आयोगले आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने कार्यसूची तय गरिसकेको थियो ।

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको क्षेत्र तनहुँ १ र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवको निर्वाचन क्षेत्र बारा २ खाली भएपछि सो स्थानमा पनि एकैदिन उपनिर्वाचन गर्ने तयारी थालिएको हो । उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादवले सोमबार सपथ लिएलगतै आयोगले रिक्त रहेका क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने– ‘हाम्रो ध्यान मुलभूत रुपमा ४ वटा कुराहरुमा रहेको छ । पर्सी देखिनै चारदेखि पाँच दिनको समय दिएर बारा २ र तनहुँ १ मा निर्वाचनमा भाग लिने दलहरुको दर्ता गर्ने तयारी छ । दोश्रो अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ । अहिले भएको अध्यावधिकबाट असारसम्मका लागि

उपनिर्वाचन गर्न सकिने छ । तेश्रो चितवन २ को निर्वाचन कार्यक्रम अनुसार नै चैत १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, चैत २० गते उम्मेदवारी दर्ता गर्ने लगायत बैशाख १० गते नै निर्वाचन गर्ने तदअनुसार नै हाम्रो आन्तरिक तयारी भइरहेको छ ।’

आयोगले प्रतिनिधि सभा सदस्य पदको रिक्त रहेको क्षेत्र बारेमा जानकारी लिन संघीय संसद सचिवालयलाई आज पत्राचार गर्ने भएको छ । बेलुकासम्म त्यसको जानकारी आयोगलाई आउने थपलियाले जानकारी दिए । यस्तै आयोगले आज अपराह्न ४ बजे उपराष्ट्रपति निर्वाचन सम्पन्न भएको बारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाँउदै छ । आयोगले सोमबार नै यसबारे निर्णय लिएर निर्वाचनको काम अघि बढाउने आन्तरिक तयारी गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद