Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

वीरगञ्जको ठाकुरराम क्याम्पसमा आगजनी गर्नेहरुलाई पक्राउ गरि कारबाही गर्न नेविसंघको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २७,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२७ फागुन । नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रबार गरिएको आगजनीको घटनामा संलग्नहरुलाई पक्राउ गरि कारबाही गर्न माग गरेको छ ।शनिबार क्याम्पस परिसरमै पत्रकार सम्मेलन गरेर नेविसंघले शुक्रबार क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा गरिएको आजगजनीमा संलग्नहरुलाई पक्राउ गरि कारबाही गर्न माग गरेको हो ।

नेविसंघले स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा करिब १ हजार फर्जि विधार्थीको नाम पनि समावेश गरिएकाले त्यसको छानबिन गरि चैत ५ को निर्धारित मितिमै निर्वाचन गर्न पनि क्याम्पस प्रशासनसंग माग गरेको छ ।

काँग्रेस पर्साले गठन गरेको समन्वय समितिका संयोजक नवीन सिंहले शुक्रबार क्याम्पसमा गरिएको आगजनीको घटनामा नेविसंघको कुनै संलग्नता नरहेको प्रष्ट पारे । उनले आगजनीमा संलग्न ३ जना विधार्थीलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेपनि बिना कारबाही छाडेको प्रति आपत्ति जनाउदै पक्राउ परेकाहरु अन्य संगठनका विधार्थीहरु रहेको बताए ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा शुक्रबार दिउँसो नेकपा एकिकृत समाजवादी निकटको अनेरास्ववियुका नेता सुजित गीरी ,नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ ठाकुर राम क्याम्पस ईन्चार्ज मनिष चौहान र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता शिवम साहलाई नियन्त्रणमा लिएर शुक्रबार नै साँझ रिहा गसिकेको छ ।

पत्रकार सम्मेलनमा काँग्रेसका जिल्ला सहसचिव समेत रहेका सिंहले आगजनीको घटनामा संलग्नहरुलाई पसन पक्राउ गरि कारबाही नगरे र स्थगति निर्वाचन प्रकृया पुन सुचारु नगरिए नेविसंघ आन्दोलनमा उत्रिने तेतावनी पनि दिए ।

यसका साथै मतदाता नामावलीमा फर्जि विधार्थीको नाम समावेश गर्ने क्याम्पसका सम्बन्धित कर्मचारी र निर्वाचन अधिकृतलाई क्याम्पस प्रशासनले कारबाही गर्नु पर्ने माग पनि आफुहरुको रहेको सिंहले बताए ।

क्याम्पसमा जनाधार नै नभएका विधार्थी संगठनहरुले चैत ५ को स्ववियु निर्वाचन भाड्न शुक्रबार क्याम्पसमा आगजनी गरेको पत्रकार सम्मेलनमा नेविसंघ पर्साका अध्यक्ष रमेश यादवले बताए ।ठाकुरराम क्याम्पसमा विगत देखि नै नेविसंघको जनाधार बलियो रहेका र त्यहि कारण अन्य संगठनहरुले चैत ५ को निर्वाचन भाड्न हर्कत गरिरहेको उनले बताए । तर नेविसंघ चैत ५ मै निर्वाचन हुनु पर्ने अडानमा रहेको उनले प्रष्ट पारे ।

निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर भएको विवादका क्रममा विधार्थीहरुले शुक्रबार क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी गरेका थिए ।

क्याम्पस प्रशासनले शुक्रबार गरिएको आजगजनीको घटनापछि शनिबारका लागि निर्धारति मनोनयन पत्र दर्ता कार्यक्रम सहित त्यसपछिका निर्वाचन कार्यतालिका हालका लागि स्थगीत गरि प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । निर्वाचन अधिकृत रोशन लामिछानेका अनुसार , उक्त समितिले ३ दिन भित्र (फागुन २९ गते भित्र) फागुन २१ मा प्रकाशीत मतदाता नामावलीको छानबिन गरि प्रतिवेदन बुझाउने छ । त्यसपछि उक्त प्रतिवेदनका आधारमा अन्तिम मतदाता नामावली प्रकाशीत गरि पुन अर्को निर्वाचन कार्यतालिका प्रकाशन गरिने लामिछानेले बताएका छन् ।

शनिबारको पत्रकार सम्मेलनमा नेविसंघका क्याम्पस इकाइ सभापति मनोज कुमार साह , नेपाल तरुण दलका जिल्ला सभापति विकास तिवारी , नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मी , नेविसंघका नेताहरु मुनराज तिवारी , विकास मण्डल , शेष हजरा , धर्मराज यादव , रोशन सिंह , राहुल गुप्ता लगायतको पनि सहभागिता थियो ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ फाल्गुन २७,शनिबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ फाल्गुन २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद