Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : जसपा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२६ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या सही नहुने बताएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले यो भन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुनसक्ने भनी विज्ञप्ति निकालेको छ ।

निर्वाचन आयोगले विज्ञप्ति निकालेपछि जसपाले निर्वाचन आयोगले पुरुष राष्ट्रपति भएकाले महिला मात्रै उपराष्ट्रपतिको उम्मेदवार हुुन सक्ने भन्न नमिल्ने प्रतिक्रिया दिएको हो ।

‘निर्वाचन आयोगलाई आफूखुसी संविधानको व्याख्या गर्ने अधिकार छैन । यदि उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन सक्छ भनियो भने त्यो गलत हुन्छ’ जसपाका सांसद प्रदीप यादवले भने ।

जसपाले उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी सत्ता गठबन्धनमा गरेको छ । र उसले बारा–२ बाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय नै गरिसकेको छ ।

जसपा निकट श्रोतका अनुसार रामसहायप्रसाद यादव उपराष्ट्रपति भएमा उनको क्षेत्रमा उपनिर्वाचन हुने र त्यहाँबाट उपचुनाव लड्ने अध्यक्ष उपेन्द्र यादवको तयारी छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव गत चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।साभार : अनलाइनखबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद