Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जका युवा नेता सर्राफ जनमत पार्टीमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२० फागुन । वीरगञ्जका युवा नेता ओमप्रकाश सर्राफ सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । काठमाण्डौस्थित जनमत पार्टी कार्यालयमै पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सर्राफलाई पार्टीमा स्वागत गरेका हुन् ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी सर्राफ लामो समयदेखि सामाजिक कार्यसँगै राजनीतिमा पनि सक्रिय छन् । २०७४ सालको प्रदेश सभाको निर्वाचनमा स्वतन्त्रबाट पर्सा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएर सर्राफले राजनीतिक यात्राको आरम्भ गरेका थिए ।

५ सय ७१ मतका साथ चौथो स्थानमा रहेका सर्राफ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगञ्ज महानगरको अध्यक्षसमेत बने । २०७९ सालको निर्वाचन नजिकिदै गर्दा पार्टीभित्रको आन्तरीक विवाद र असन्तुष्टीकै कारण उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका थिए ।

देशैभर स्वतन्त्रको लहर चलेको समयमा लौरो चुनाव चिह्नबाट जित्ने आशमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएपनि उनले अपेक्षित मत ल्याउन सकेनन् । २ हजार २९ मत मात्रै ल्याएका सर्राफ यसपटक पनि चौथो स्थानमै रहे ।

निर्वाचन सकिएसँगै उनी अब जनमत पार्टीमा प्रवेश गरेका छन् । उनलाई पार्टीका अध्यक्ष राउतसँगै उपाध्यक्ष दिपक साह, पार्टीका नेता बिपि साह लगायतले स्वागत गरेका हुन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद