Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

वीरगञ्जको ठाकुरराम क्याम्पसमा स्ववियुका लागि ३५ संगठन समुह चुनावी प्रतिस्पर्धामा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १९,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१९ फागुन ।  चैत ५ को स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनका लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ३५ वटा संगठन र समुहले दर्ता गराएका छन् ।

स्ववियु निर्वाचनका लागि संघ,संगठन र समुह दर्ताका लागि शुक्रबार बिहान १० देखि अपरान्ह ३ बजे सम्मको समय निर्धारण गरिएको थियो । उक्त समयवाधीमा ३५ वटा संघ,संगठन र समुहले दर्ता गराएको निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी गराए ।

उनका अनुसार , दर्ता गराइएका मध्ये राजनीतिक दलगत संघसंगठन ८ वटा रहेका छन् भन्दा स्वतन्त्र समुहरु २७ वटा रहेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी , नागरिक उन्मुक्ति पार्टी , राप्रपा , लोकतान्त्रिक समाजवादी पार्टी , जनमत पार्टी लगायतका राजनीतिक दलका विधार्थी संगठनका साथै स्वतन्त्र समुहका नाममा पनि समुहहरुले दर्ता गराएको लामिछानेले बताए ।

संगठन दर्ता गराउनेहरुमा नेपाल विधार्थी संघ (नेविसंघ) , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्र्थी युनियन (अनेरास्ववियु) , अनेरास्ववियु क्रान्तिकारी , समाजवादी विधार्थी युनियन , नागरिक विधार्थी समाज , जनमत विधार्थी संघ ,लोकतान्त्रिक विधार्थी संघ र प्रजातान्त्रिक विधार्थी संगठन रहेका छन् ।

यी मध्ये लोसपाको लोकतान्त्रिक विधार्थी संग , जनमत पार्टीको जनमत विधार्थी संघ र राप्रपाको प्रजातान्त्रिक विधार्थी संगठनले भने संयुक्त रुपमा परिवर्तनकारी विधार्थी संयुक्त प्यानलका नाममा संगठन दर्ता गराएको निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।

२१ सदस्यिय स्ववियुका लागि चैत ५ मा हुने निर्वाचनका लागि शुक्रबार देखि निर्वाचन प्रकृया शुरु भएको हो । सभापति , सचिव र कोषाध्यक्ष सहित ३ पदाधिकारी र ८ सदस्य गरि ११ पदका लागि प्रत्यक्ष निर्वाचन हुनेछ भने उपसभापति, सहसचिव र ८ सदस्य भने समानुपातिक निर्वाचन प्रणाली मार्फत चयन हुनेछ । नेपालमा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली मार्फत स्ववियु निर्वाचन हुन लागेको हो । यसअघि स्ववियु निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत मात्रै हुदै आएको थियो ।

त्रिभुवन विश्वविधालय भन्दा पनि जेठो ठाकुरराम बहमुखी क्याम्पसको स्ववियु निर्वाचन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको पनि चासोमा रहने गरेको छ ।निर्वाचन अधिकृत लामिछानेका अनुसार , ठाकुरराम बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनमा करिब ५ हजार मतदाता हुनेछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ फाल्गुन १९,शुक्रबार
पर्सा–बाराबाट शिवभक्त तीर्थालुको परम्परागत ‘काफिला’ यात्रा सुरु
धर्म

पर्सा–बाराबाट शिवभक्त तीर्थालुको परम्परागत ‘काफिला’ यात्रा सुरु

प्रकाशित : २०७९ फाल्गुन १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद