काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एक कार्यक्रममा सहभागी हुन बिहीबार बंगलादेश प्रस्थान गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाल सार्क हुमेन राइट्स फाउण्डेसनको आयोजनामा ढाकामा आजदेखि हुने ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बंगलादेशमा मानवअधिकारको अवस्था’ सम्मेलनमा सहभागी हुन बंगलादेश प्रस्थान गरेका हुन् ।
खनालसँगै उनीकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडा र पार्टीका केन्द्रीय सदस्य ताजमहम्मद मियाँ पनि कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।
नेता खनालले शुक्रबार उक्त कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यस्तैगरी खनालले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि भेटवार्ता गर्ने तालिका रहेको छ ।
उनीहरुबीच शुक्रबार नै भेटवार्ता हुने जाइएको छ । त्यसका अलावा अन्य उच्चस्तरिय भेटघाट पनि हुने जाइएको छ ।