Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एक्शनमा उत्रिए गृहमन्त्री लामिछाने, एमाले सांसद कोइरीलाई पक्राउ गर्न निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ६,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ६ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ज्यान मुद्दा लागेका एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिँदा कोइरी पनि बैठकमा उपस्थित् रहेर मत दिएका थिए । त्यतिवेला गृहमन्त्री लामिछानेको आलोचना भएको छ ।

भोलिपल्ट पुष २७ गते राप्रपाले आयोजना गरेको पृथ्बी जयन्तीमा सहभागी हुने क्रममा गृहमन्त्री लामिछानेमाथि पत्रकारहरुले सो विषयमा प्रश्न गरेका थिए । उनले आफूले कोइरीलाई नदेखेको जवाफ दिएका थिए । तर, आफूले पछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिएको भन्ने जवाफ दिएका थिए । यो विषयमा उनको धेरै आलोचना भएपछि अहिले उनी एक्शनमा उत्रिएका छन् ।

मन्त्री लामिछानेले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएका छन् । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ ६,शुक्रबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ माघ ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद