Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कालिकामाई गाउँपालिकामा कमिशन आतंक

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ११,सोमबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पुस ११, २०७९
वीरगंज– देश संघीय संरचनामा गएपछि जन साधारणलाई शिक्षा, स्वास्थ्य लगायतका अति आवश्यकीय कार्यहरूमा सहजता पाइनुका साथै विकास निर्माणको कामले तीव्रता पाइन्छ भन्ने आशालाई पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख लेखापालको कमिशन आतंकले निराशामा परिणत गरिदिएको जन गुनासाहरू सुनिन थालिएको छ ।

हामीलाई प्राप्त खबर अनुसार कालिकामाई गाउँपालिकामा कार्यरत लेखाप्रमुख अभिषेक शाहले बिना कमिशन कुनै पनि बिल पास गर्दैनन् । लेखाप्रमुख शाहको मनपरीका कारण समयमा कर्मचारीको तलब पाउँदैनन् । पालिकामा रहेका विद्यालयहरूमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमको भुक्तानी समयमा नगर्दा कार्यक्रम प्रभावित भएको स्थानीयहरूले गुनासो गरेका छन् ।

त्यति मात्र नई लेखा अधिकृत साहले निर्माण व्यवसायी र सप्लायर्सहरूसँग अग्रिम कमिसन लिएर मात्र भुक्तानी गर्ने गरेको नाम नछाप्ने शर्तमा एकजना सप्लायर्सले चन्दसूर्यलाई बताए ।

लेखाप्रमुख साहले “सामान कम वितरण गरेर बढी मूल्यको बिल भर्पाई लिएर आउनुस्, मलाई कमिसन चहिन्छ । नत्र भुक्तानी गर्दिन” भनेर ठेकेदार र सप्लायर्सहरूलाई भन्ने गरेको ती सप्लायर्सले बताए ।

पालिकास्थित सबै स्वास्थ चौकी र प्राथमिकता स्वास्थ केन्द्रमा नेपाल सरकारले सर्वसाधारणलाई उपलब्ध गराउने भनेको निस्शुल्क औषधिको अभाव भएको दुई महिना भन्दा बढी बितिसक्दा पनि पालिकाले उपलब्ध नगराएको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसियाले बताउनु भयो । चौरसियाका अनुसार पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी महिनामा दुई तीन दिन मात्र कार्यालय आउने, अरु बेला राजनीति गर्ने र जहिले पनि मोबाइलको स्वीच बन्द गरेर राख्ने गरेको समेत बताउनु भयो । पालिकाभित्र रहेका स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा भएका समस्याबारे जानकारी गराउन पटक पटक कार्यालय जाँदा प्रमुख प्रशासकीय अधिकृत गिरीसँग कहिल्यै भेट नहुने समेत स्थानीयहरू बताउँछन् ।

औषधि लगायतका भुक्तानी ढिलाई भैरहेको सन्दर्भमा पालिकाका अध्यक्षले लेखाअधिकृत साहलाई आग्रह गर्ला आफू विदामा सौराहा घुम्न आएकाले र आफूलाई समय भ्याएपछि मात्र काम गर्छु भन्ने जवाफ दिएर फोन काटिदिएका थिए । एकजना स्थानीयले पालिकामा भइरहेको अनियमितता, ढिलासुस्ती र मनपरीको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई जानकारी गराउँदा स्थानीय सरकारले हेर्ने भनेर पन्छिएकाले प्रमुख प्रशासकीय अधिकृत गिरी एवं लेखाअधिकृत शाहको मनपरी आतंक बढेको गुनासो गरे ।

यस सन्दर्भमा बुझ्न प्रमुख प्रशासकीय अधिकृतको मोबाइलमा सम्पर्क गर्न खोज्दा स्वीच अफ रहेको पाइयो भने लेखाअधिकृत अभिषेकले फोन उठाएनन् । सभार चन्द्र सूर्या वाणी अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ पुष ११,सोमबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ पुष ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद