Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महशानगरले निजी विद्यालयको वर्गीकरण र शुल्क निर्धाण अबैधानिक–प्याब्सन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ६ पुष । विरगंज महशानगरले निजी विद्यालयको वर्गीकरण र शुल्क निर्धाण अबैधानिक रहेको आरोप लागेको छ । पर्साको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साले महानगरपालिकाले निजी विद्यालयको वर्गीकरण र शूल्क निर्धारण गरेको अवैधानिक रहेको एक विज्ञप्ती माफर्त आरोप लगाएको छ । प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तवले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै महानगरले गरेको निजी विद्यालयको वर्गीकरण र शूल्क निर्धारणप्रति आपत्ती जनाउदै अवैधानिक रहेको आरोप लागाएका छन् ।
महानगरले गरेको संस्थागत विद्यालयहरुको वर्गीकरण तथा शूल्क निर्धारणप्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै प्याब्सन पर्साका सचिव श्रीवास्तवद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय शिक्षा नियमावलीको नियम ९७ को (क) मा संस्थागत विद्यालयहरुले लिने शूल्कका लागि संघीय तथा प्रदेश कानुनले तोकेको मापदण्ड बमोजिम सम्बन्धित विद्यालयले शैक्षिक सत्र शुरु हुनुभन्दा ३ महिना अगावै विद्यालयको शूल्क खुलाई आउने शैक्षिक सत्रको निम्ति शिक्षा शाखामा प्रस्तावित शूल्क पेश गर्ने व्यवस्था छ ।’
वीरगञ्ज महानगरपालिकाको स्थानीय शिक्षा नियमावलीमै विद्यालयको वर्गीकरण तथा शूल्क निर्धारण अनुगमन समिति पनि गठन नगरी र प्रतिनिधिमुलक संस्था प्याब्सनबाट कुनै पनि प्रतिनिधिको प्रतिनिधित्व र राय परामर्श बिना नै गरिएको वर्गीकरण र शूल्क निर्धारणलाई त्रुटिपूर्ण भनिएको छ । शिक्षा नियमावली २०५९ र वीरगञ्ज महानगरपालिकाको स्थानीय शिक्षा नियमावलीमा भएका कानुनी व्यवस्था अनुसार प्रतिनिधिमुलक संस्थाको प्रतिनिधित्वबिना संघीय कानुन र स्थानीय कानुनको खिल्ली उडाई कानुन विपरीतको वर्गीकरण र शूल्क निर्धारण मान्य नहुने पनि प्याब्सन पर्साले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ पुष ६,बुधबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ पुष ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद