Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक हो – सहमहान्त्री किशोरसिंह राठौर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १२,सोमबार
A A
file photo

file photo

2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

१२ मंसिर २०७९, सोमबार
काठमाडौँ । काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा छलफल नगरी प्रधानमन्त्रीको दाबी गर्नु अप्राकृतिक हुने बताएका छन्।

प्रतिनिधिसभा बाँके क्षेत्र नं। ३ बाट विजयी भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी र सत्ता गठबन्धन दल वीच छलफल नै नगरी प्रधानमन्त्रीको दाबी गर्दै हिँड्नु असान्दर्भिक हुने बताए।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै उनले भने, ‘महामन्त्रीद्वय जस्तै पनि पनि युवा हुँ। अझ उहाँहरूभन्दा म सिनियर पनि हुँ। निर्वाचनको मत परिणाम नआउँदै प्रधानमन्त्रीको दाबी गर्दै हिँड्नु सुहाउँदैन । यो सरासर गलत छ।’

उनले युवालाई नै प्रधानमन्त्री बनाउने भए पनि पार्टीमा छलफल र बहस चलाउनु पर्ने धारणा राखे। पार्टीमा छलफल नगरी प्रधानमन्त्रीको दाबी गर्ने कार्य अनुशासन भित्र नपर्ने उनको भनाइ छ।

सहमहामन्त्री राठौरले संविधान रक्षा र अधिकार स्थापित गर्न गठबन्धन आवश्यक रहेको औँल्याए। उनले सत्ता प्राप्तिका लागि काँग्रेसले गठबन्धन नगरेको दाबी गरे।

उनले सिक्टा सिँचाई आयोजना र भेरी डाइभर्सन आयोजना पूरा गर्न पहल गर्ने बताए। एमालेका कारण सिक्टा सिँचाई र भेरी डाइभर्सनको आयोजना पूरा हुन नसकेको उनको दाबी छ।

नवनिर्वाचित सांसद राठौरले आफू पद, पावर र पैँसाका लागि राजनीति नगरेको स्पष्ट पारे। सभार प्रशासन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ मंसिर १२,सोमबार
वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ
आर्थिक

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

प्रकाशित : २०७९ मंसिर १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद