नव निर्वाचित रहबर अन्सारीलाई स्थानीयबासीद्वारा स्वागत गरीएको छ । मधेस प्रदेश सभा सदस्यमा नव निर्बाचित अन्सारी जित पछि घरदैलोमा पुगेका स्थानीयले स्वागत गरेका हुन् । चुनाव जितेपछि उनी निरन्तर जनताहरुसित भेटघाट गर्नमा ब्यस्त छन ।
शनिबार पनि अन्सारीले पर्साका क्षेत्र नं (क) का बिभिन्न वडाका स्थानीयबासीहरुलाई उनीहरुकै घरमा गएर भेटघाट गरेका छन ।गत मँसिर ४ गते सम्पन्न भएको मतदानमा पर्सा क्षेत्र नम्बर १ को १ बाट अन्सारी प्रदेश सभा सदस्यमा निर्बाचित भएका हुन ।
यस क्षेत्रमा वीरगञ्ज महा नगरपालिकाका १० वटा वडाहरु पर्ने गर्दछन ।ती वडाहरुका स्थानीयसित जितको खुशी साटासाट गर्दै उनीहरुका उनले गुनासोहरु सुनेका थिए ।
मँसिर ४ गते सम्पन्न मतदानको मतगणना अनुसार नेकपा माओबादी केन्द्रबाट उम्मेदवारी दिएका अन्सारी ७ हजार ८१७ मत प्राप्त गरि प्रदेश सभा सदस्यमा निर्बाचित भएका हुन ।