महोत्तरी । महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको छ ।
शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार लोसपा अध्यक्ष ठाकुर आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३ हजार मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएका अध्यक्ष ठाकुरले १६ हजार ३७५ मत ल्याएर विजयी हुनु मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी९जसपा० नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभएको कार्यालयले जनाएको छ ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार रामआधार कापर १२ हजार ७३३ मत ल्याउनुभएको छ ।
यसअघि २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष ठाकुर सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
© 2024