वीरगञ्ज – प्रतिनिधि सभा बारा क्षेत्र नम्बर २ मा नेकपा माओबादी केन्द्रका शिवचन्द्र कुशवाहाले जसपाका रामसहाय यादवलाई उछिनेका छन्।
जारी मतगणना अनुसार यसअघि अग्रता लिईरहेका यादवलाई ८ सय ४९ मतले उछिनेका छन् । कुशवाहा ९ हजार ७२७ मतका साथ अग्रता बनाएका छन् । उनलाई जसपाका यादवले ८ हजार ८७८ मत ल्याएर पछयाईरहेका छन्।
स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ७ हजार ७१२ मतका साथ तेस्रो स्थानमा झरेका छन् ।मतगणनाको शुरुवातदेखि स्वतन्त्र उम्मेदवारले निरन्तर अग्रता बनाएका थिए। पछि जसपाका यादवले अग्रता बनाएका थिए।
शुरुदेखि नै तेस्रो स्थानमा रहेका कुशवाहा महागढीमाई नगरपालिकाको मतगणना शुरु भएपछि अग्र स्थानमा पुगेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस