पर्सा क्षेत्र नं २ मा नेपाली काँग्रेसका नेता अजय कुमार चौरसिया प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका छन । निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सुरेन्द्र प्रसाद कुर्मी भन्दा ६ हजार ६ बढी मत ल्याएर काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसिया निर्वाचित भएका हुन् । २८ हजार ४५१ मत सहित अजय प्रतिनीधि सभा सदस्यमा निर्वाचित हुँदा जसपाका सुरेन्द्रले २२ हजार ४४५ मत पाएका छन् ।
८६ हजार ९ सय ६६ मतदाता रहेको पर्सा क्षेत्र नं २ मा मंसिर ४ गते सम्पन्न निर्वाचनमा ५९ हजार १ सय ८८ मत खसेको थियो । ०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट बिमल श्रीवास्तवले बाजी मारेका थिए । बिमलले नेपाली काँग्रेसका अजयलाई नै पराजित गरेर सांसद बनेका थिए । मधेसी दल मिलेर लडेको चुनावमा बिमलले २१ हजार १६९ मत पाउँदा अजयले १९ हजार ७०४ मत पाएका थिए । पछिल्लो समय लोसपामा रहेका बिमलले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
© 2024