Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र १ र २को प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्यको एकै पटक मतगणना शुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ५,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना सोमबार दिउसो देखि शुरु भएको छ ।वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा दुवै क्षेत्रको प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्यको एकै पटक मतगणना दिउँसो १.३० बजे देखि शुरु गरिउको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी गराए ।

क्याम्पसको मतगणना स्थलमा पर्सा १ र २ को गरि ६ वटा कोठामा मतगणना शुरु गरिएको उनले बताए ।पर्सा ३ र ४ को मतगणना पनि केहि बेर मै शुरु गर्ने तयारी भइरहेको उनले जानकारी गराए । पर्सा ३ र ४ को मतगणनास्थल पोखरीया नगरपालिका ४ पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार माविमा तोकिएको छ ।

पोखरेलका अनुसार , पर्सा जिल्लाका ४ वटै प्रतिनिधि सभा र ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्र गरि ६९ प्रतिशत मतदान भएको थियो ।
पर्सा जिल्लामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ ह्जार ८ महिला र अन्य १६ गरी कुल मतदाता ३ लाख ४५ हजार ९ सय २८ जना रहेकोमा आइतबार भएको निर्वाचनमा २ लाख ३८ हजार ५४ जना मतदाताले मतदान गरेका हुन् । जिल्लाका ४ वटै प्रतिनिधि सभा र प्रदेशसभा सदस्य गरि कुल १ सय ६१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा र क्षेत्र नम्बर ३ र ४ को मतगणना पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव कलवार माविमा गरिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०७९ मंसिर ५,सोमबार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०७९ मंसिर ५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद